भर्खरै

लकडाउनको मोडालिटी परिर्वतनसँगै बढ्न थाल्यो विद्युत माग

  • प्रकाशित मिति : शनि, जेठ ३१, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
 
विद्युत संसार ३१ काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्न लगाएको बन्दाबन्दी (लकडाउन) खुकुलो पारेसँगै विद्युत माग बढ्न सुरु गरेको छ । उद्योग, व्यापार व्यावसाय, सरकारी तथा निजी कार्यालय खुलेर आर्थिक गतिविधि बढ्न थालेकाले विद्युत माग पनि उकालो लागेको हो ।
 
शुक्रबारको विद्युत माग बढेर ११ सय ६५ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार लकडाउनमा कडाई हुँदा अधिकतम साढे ९ सय मेगावाटसम्म हुने विद्युत माग बढेर ११ सय मेगावाटबाट माथि उक्लिएको हो ।
 
‘केही दिन यता विद्युतको माग बढिरहेको छ,’ उनले भने,‘ उद्योगधन्दा, कलकारखाला पूर्ण क्षमतामा चल्न सुरु गर्ने हो भने अझै ३ सय मेगावाट माग थपिन्छ।’ तराईमा गर्मी बढेर पंखा, एसी, कुलरलगायत विद्युतीय उपकरणको प्रयोग बढेकाले पनि विद्युत खपत बढेको उनले बताए ।
 
माग बढ्न थालेकाले प्राधिकरणका सबै जलविद्युतगृह चलेका छन् । अब माग नभएकै कारण जलविद्युत गृहको उत्पादन बन्द गर्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिए ।
 
बढ्दो विद्युत माग व्यवस्थापन गर्न आवश्यकताअनुसार कुलेखानी जलाशय चलाइएको छ । भारतबाट हुने विद्युत आयात परिमाण पनि बढेको छ । शुक्रबारको माग र आपूर्तिको तालिकाअनुसार प्राधिकरणले भारतबाट १ सय ६० मेगावाट विद्युत आयात गरेको छ ।
 
प्राधिकरणका जलविद्युतगृहको उत्पादन ५ सय २५ मेगावाट छ । निजी क्षेत्रका जलिविद्युतगृहको उत्पादन ४ सय ८० मेगावाट हाराहारीमा छ । नदी खोलामा पानीको सतह बढिरहेकाले निजी क्षेत्रको उत्पादन बढिरहेको भट्टराईले जानकारी दिए ।
 
नेपालमा कोरोनाभाइरसको संक्रमण देखिएपछि चैत ११ गतेदेखि सुरु भएको लकडाउनले विद्युत माग ५० प्रतिशतसम्म घटेको थियो । औद्योगिक क्षेत्रले खपत गर्ने ३ सय मेगावाट बढीको माग नहुँदा रातको समयमा विद्युत खेर जाने गरेको प्राधिकरणले बताउँदै अएको थियो ।
 
विद्युत मागमा भारी जिरावट आउँदा प्राधिकरणले अरबौं रुपयाँ आम्दानी गुमाएको छ । खपत नहुँदा दैनिक करोडौं रुपैयाँको विद्युत खेर गइरहेको थियो । ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago