भर्खरै

आर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट,बन्द रहेका उत्पादनमुलक उद्योगलाई ५० प्रतिशतसम्म विद्युत् महसुल छुट

  • प्रकाशित मिति : बिही, जेठ १५, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
 
विद्युत संसार जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । विहिवार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
 
चालु आर्थिक वर्ष २०७६ / ७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
 
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।
त्यसैगरी उत्पादनमुलक उद्योगलाई सरकारले कोरोना भाइरसको कारण लकडाउनको समयमा बन्द रहेका उत्पादनमुलक उद्योगलाई ५० प्रतिशतसम्म विद्युत् महसुल छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्री युवराज खतिवडाले बिहीबार संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै सुविधा दिइने भएको हो ।
उद्योगहरूले लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क पनि छुट पाउने भएका छन् । माग कम हुँदा विद्युत खपत बढाउन पनि प्रोत्साहन गरिने आजको बजेट वक्तव्यमा उल्लेख भएको छ भने कार्यान्यनमा कसरी आउँला त्यो भविष्यले बताउने छ। 

प्रतिक्रिया