पोखरा इलेक्ट्रिकल एसोसिएसनको कोभिड बिमा

  • प्रकाशित मिति : बिही, जेठ १५, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
विद्युत संसार जेठ पोखरा । पोखरा इलेक्ट्रिकल एसोसिएसनले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट हुने आर्थिक जोखिमलाई न्युनिकरण गर्ने पबित्र उद्देश्यका साथ आफ्नो संस्थामा आबद्ध सदस्यहरुलाई रु १ लाख बराबरको कोभिड बिमा सम्झौता सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग  गरिएको हो ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघको आवद्ध रहेको जिल्लाहरु मध्ये व्यवसायीहरुको आवद्ध  संख्याको हिसावले तेस्रो जिल्लाको रुपमा पोखराको सुन्दर नगरीमा रहेको पोखरा इलेक्ट्रिकल एसोसिएसन लाई लिने गरिएको छ । 
 
पोखरा इलेक्ट्रिकल एसोसिएसनले महासंघका गतिविधिहरुमा पोखराले प्रत्यक्ष व्यवसायी हकहितको लागि विभिन्न सुझावहरु का साथ नेतृत्वपंक्ति मा सराहनिय कार्यको समेत वकालत  गदै आईरहेको छ । महासंघमा आबद्ध २२ जिल्ला मध्ये कोभिड बिमा गर्ने  सम्भवत ः पहिलो जिल्लाको रुपमा यस पोखरा इलेक्ट्रिकल एसोसिएसन लाई लिन सक्ने र १३३ जना व्यवसायीहरुको प्रति व्यक्ति रु.६सयका दरले करिब ८० हजारमा १ करोड ३३ लाख बराबरको सगरमाथा इन्स्योरेन्स बाट कोभिड बिमा गरेको एसोसिएसनका अध्यक्ष राजु भण्डारीले विद्युत संसारलाई बताए ।
बिमा रकम भुक्तानी पश्चात  सगरमाथा इन्स्योरेन्सका प्रवन्धक राजेश केसीले कोभिड बिमा पोलेसी हस्तान्तरण  गरेको अध्यक्ष भण्डारीले बताए ।
 
पोखरा र आसपासमा रहेका बिद्युतीय व्यबसायका आबद्ध यस संस्थाले आफ्ना ब्यबसायी सदस्यहरुलाई बेला बेलामा प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमहरु नेतृतव विकाश,व्यवसायीहरुमा कर भ्याट सम्वन्धि लेखा व्यवस्थापन तालिम, गुणस्तरीय  सामग्रीको आयत र बिक्रीबितरण सम्बन्धि तालिम सेमिनार तथा गोष्ठीहरु पनि  गर्दै आएको संस्थाका महासचिव गिरीराज बरालले हामीसँगको कुराकानीमा  बताए ।  उपभोक्ताले गुणस्तरीय सामाग्री उचित मुल्यमा प्राप्त गर्न सकुन , बजारमा देखिने अस्वस्थ प्रतिस्पर्धा लाई न्युनिकरण गर्न विभिन्न उपसमिति मार्फत काम भएको र अब कारोनाले थलिएको व्यवसायलाई स्वच्छ बाताबरण निर्माण गर्न हरुसम्भ  व्यवसायि मैत्रि बनाउन लागिपरेको एसोसिएसनका कोषाध्यक्ष निल बहादुर भुजेलले  बताए।

प्रतिक्रिया