भर्खरै

५ वर्षमा ४ खर्ब २७ अर्ब लगानी गर्ने प्राधिकरणको योजना

  • प्रकाशित मिति : बुध, जेठ १४, २०७७
  • - धना ढकाल
title
विद्युत संसार,जेठ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी ५ वर्षमा करिब ४ खर्ब २७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरणले विद्युत उत्पादन, प्रसारण, वितरण, सहायक कम्पनी तथा संस्थागत संरचना निर्माणमा  उक्त रकम लगानी गर्न लागेको हो ।
बहुवर्षिय योजना अन्तर्गत चालू आर्थिक वर्षदेखि आव २०८० / ८१ सम्ममा खर्च हुने गरी लगानी गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार उत्पादनतर्फ १७ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने योजना छ ।
यस्तै, प्राधिकरणका सहायक कम्पनीमार्फत विभिन्न जलविद्युत आयोजनामा १ खर्ब १६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ लगानी गर्ने योजना छ । सहायक कम्पनीका आयोजनामा चालू आवका लागि ६ अर्ब ६० करोड ७० लाख रुपैयाँ लगानी छुट्याइको उनले बताए ।
‘आफैं लगानी गर्न प्राधिकरणसँग कुनै जलविद्युत आयोजना छैनन्’, उनले भने,‘सहायक कम्पनीमार्फत अघि बढ्ने आयोजनामा लगानी गर्छौं।’ उनले आगामी आव २०७७/७८ मा सहायक कम्पनीका आयोजनामा २१ अर्ब ४२ करोड ३० लाख रुपैयाँ लगानी गर्ने योजना रहेको बताए ।
आव २०७८/७९ मा २२ अर्ब ८५ करोड ३० लाख रुपैयाँ लगानी हुँदा आव २०७९/८० मा २८ अर्ब ३१ करोड ४० लाख रुपैयाँ र आव २०८०/८१ मा ३७ अर्ब २८ करोड १० लाख रुपैयाँ लगानीको योजना रहेको घिसिङले बताए ।
यसैगरी, प्रसारण लाइनका संरचना निर्माण ५ वर्षमा १ खर्ब ५५ अर्ब ७० करोड ६० लाख रुपैयाँ खर्च गर्ने योजना छ । प्रसारण लाइन आयोजनामा चालू आवमा ३७ अर्ब ५५ करोड रुपैयाँ, आगामी आवमा ४० अर्ब ३९ करोड ४० लाख रुपैयाँ, आव २०७८र७९ मा ३६ अर्ब ३९ करोड ४० लाख रुपैयाँ, आव २०७९र८० मा २४ अर्ब ६३ करोड ३० लाख र आव २०८०/८१ मा १६ अर्ब ७३ करोड ६० लाख रुपैयाँ लगानी गर्ने प्राधिकरणले जनाएको छ ।
 
वितरण लाइनका संरचना निर्माण तथा स्तरोन्नति गर्न १ खर्ब ३४ अर्ब ५५ करोड रुपैयाँ लगानी हुनेछ । वितरण लाइनको नयाँ संरचना निर्माण तथा ओभर लोड भएका संरचनाको स्तरोन्नति गर्न चालू आवका लागि १८ अर्ब ५० करोड रुपैयाँ खर्च गर्ने योजना छ ।
आगामी आवका लागि यो शिर्षकमा ३३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लगानी हुनेछ । आव २०७८र७९ मा २३ अर्ब २ करोड ५० लाख, आव २०७९/८० मा ३० अर्ब ९८ करोड रुपैयाँ र आव २०८०/८१ मा २८ अर्ब  ५२ करोड ५० लाख रुपैयाँ लगानी गरिने प्राधिरकणको योजना छ ।
संस्थागत संरचना निर्माण गर्न २ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ । प्राधिकरणको खाली जग्गा भएका स्थानमा कर्पोरेट भवन निर्माण गर्न यो रकम छुट्याइएको हो । बहुवर्षिय योजना अन्तर्गतका आयोजनाका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइने प्राधिकरणले जनाएको छ ।
ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago