भर्खरै

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

  • प्रकाशित मिति : शनि, जेठ १०, २०७७
  • - भीमलाल श्रेष्ठ
title

गर्भनर इन्दु लम्साललाई   सर्वोत्कृष्ट अन्तराष्ट्रिय अवार्ड “Ambassador of Goodwill Award ” नाम बाट सम्मान


शव्द भोट मार्फत ३ गर्भनर पदको  निर्वाचन सम्पन्न – नेपालको लायन्सको इतिहासमा प्रविधिमैत्रि को प्रयोग बाट निर्वाचन पहिलो 

 
 
विद्युत संसार,१० जेठ,काठमाण्डौं । लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ को आठौं राष्ट्रिय महाधिवेशन जेठ १० गते  प्रविधि मैत्रि भर्चुअल विधि मार्फत ऐतिहासिक रुपमा दर्जगरी महाधिवेशन सम्पन्न भएको छ । 
 
विश्वका २१४ वटा देशका लायन्स क्लबहरु मध्ये नेपालको लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ को गर्भनर ईन्दु लम्साल लाई आठौं राष्ट्रिय महाधिवेशन को अबसरमा सर्वोत्कृष्ट अन्तराष्ट्रिय अवार्ड “ Ambassador of Goodwill Award” नाम बाट सम्मान गरिएको जानकारी लायन्स क्लव ईन्टरनेशनल ले  जनाएको छ । 
                       
 
 लायन्स क्लबक प्रमुख अतिथि गर्भनर इन्दु लम्सालको प्रमुख अतिथिमा निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न भएको हो । कोभिड १९ को कारण बन्दाबन्दीको अवस्थामा भर्चुअल विधि बाट  लायन बर्ष २०२०÷२०२१ को लागि  डिष्ट्रिक गर्भनर, फस्ट भाईस डिष्ट्रिक गर्भनर र सेकेन्ड भाईस डिष्ट्रिक गर्भनर गरी ३ वटा पदमा जूम एप को सहायताले १०० प्रतिशत एस भोटिङ र च्याट मार्फत ( Yes- Vote Message) पठाएर समेत   निर्वाचन सम्पन्न भएको हो ।
 निर्वाचनमा  क्रमश ः डिष्ट्रिक गर्भनर मा मन बहादुर रोका, फस्ट भाईस डिष्ट्रिक गर्भनरमा विशेश्वर आचार्य र सेकेन्ड भाईस डिष्ट्रिक गर्भनरमा मोहन  पौडेल शब्द भोट बाट शतप्रतिशत भोटिङ बाट निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख (अध्यक्ष) योगेन्द्र प्रधानले बताए । 
 
उक्त सम्मेलनमा देशभरका डिष्ट्रिक ३२५ बी १ मा करबि ११ हजार ५सय लायन्स सदस्यहरु मध्येबाट क्लबका विधानअनुसार प्रकृया पुराहुने क्लबका संख्या ४११ वटा क्लबको ८०० भोटिङ डेलिकेटहरुमा ६७१ जना अर्थात ८३.८८ प्रतिशत को उपस्थितीमा शव्द भोट र १०० प्रतिशत एस भोट च्याट  ( Yes- Vote Message) मार्फत भोटिङ बाट निर्वाचन सम्पन्न गरिएको निर्वाचन प्रमुख प्रधानले बताए । 
 
आठौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित लायन बर्ष २०२०÷२०२१ को लागि  डिष्ट्रिक गर्भनर, फस्ट भाईस डिष्ट्रिक गर्भनर र सेकेन्ड भाईस डिष्ट्रिक गर्भनरहरुले समापन समारोहमा गर्भनर मन बहादुर रोकाले  गरिएको प्रतिबद्धतामा साथ दिने बताए ।

 गर्भनर मनबहादुर रोकाले सन २०२०–०२१ को  लागि कार्यक्र तथा भावियोजनाहरु : नेपालमा देखिएको  बच्चहरुको शिक्षा तथा छात्रवृद्धिमा मा  पहुँच पु्याउने, बच्चाहरुको लागि बिभिन्न स्वास्थ्य शिविर  संचालन गरि भविष्यका कर्णधार भएकाले बच्चाहरुप्रति बिशेष कार्यक्रमहरु संचालन गरिने, मेरो क्लब बलियो क्लबको रुपमा विकाश गरिने र क्लबहरुमा करिब २ हजार नयाँ लायन्स सदस्या बनाउन सबै क्लबहरुमा उतप्रेरित गरिने, करिब १३५ जनाको मेरो सहयोगी जोन चियरपर्सनहरु गठन गरी आगामीक नोभेम्बर सम्ममा कार्यक्रमहरु संचालन गर्ने, महिला स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु ल्याउने, २ हजार ३ पिन्ट व्लड संकलन गर्ने,वातावरण संरक्षण एवं सम्बद्र्धन सम्बन्धी कार्यक्रम  ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 
 लायन्स क्लबलाई गतिशिल बनाई राख्न  क्याबिनेटका महत्वपूर्ण पद क्याबिनेट सेक्रेटरी  लायन सूर्य कुमार के सी , क्याबिनेट टेजर उदय कुमार नेपाल, क्याबिनेट चिफ डिष्ट्रिक एडभाइजर,मनीश्री रत्न बज्राचार्य ,पिआरओ इन चिफ  राम बहदुर बसेल , डिष्ट्रिक एडमिनिस्टर,  लायन बासुदेब आचार्य र को चिफ एडभाइजरर्स क्रमशः बसन्त कुमार कर्माचार्य,  भिम लाल पौडेल,  बिष्णु लम्साल,  बिनोद ढुंगाना, चन्डी प्रसाद अर्याल, चन्द्र कुमार केसी,  ध्रुर्ब श्रेष्ठ, राजेन्द्र कुमार बाटाजु , ई.रामचनद्र पोख्रेल, सुचित्रा थापा र  सुमन भट्ट सहित  भौगोलिक आधारमा गर्भनरले  सार्वजानिक गरिएको थिए । 
    
लायन्स क्लब सन १९१७ मा मानवीय सेवाका लागि स्थापित क्लब जसले १०३ बर्षको इतिहास बोकेको छ । तर नेपालमा भने सन १९७१ देखि यसको  प्रवेश भएको क्लब जसको मुल उदेश्यनै सर्भिस, फेलोसिप र लिडरसिप  स्थापित गरी समाज र राष्ट्रलाई अगाडी बढाउने ध्यय रहेको छ ।
 
 समापन समारोहमा पूर्व गर्भनर लगायत ले  निर्वाचित गर्भनरहरुमा शुभकामना दिएका थिए भने कार्यक्रमका संचालन तथा उदघोषक क्याबिनेट सेक्रेटरी बिनोद ढुँगाना ले गरेका थिए ।
 
 

प्रतिक्रिया