भर्खरै

नेपाल विद्युत नियमन आयोगले इ हेरिङ मार्फतनै महसुल निधारण गर्ने

  • प्रकाशित मिति : सोम, जेठ ५, २०७७
  • - Admin
title

विद्युत संसार वैशाख काठमाण्डौं ।  नेपाल विद्युत नियमन आयोगले इ हेरिङ मार्फत महसुल निधारण गर्ने भएको छ ।
यस अघिनै नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष उपभोक्ता विद्युत महसुल निर्धारणको लागि पेश गरेको निवेदन माथि छलफल गर्न २०७६ चैत्र १४, १६ र १७ गतेका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तय गरेको थियो । तर निर्धारित सुनुवाई कार्यक्रम कोभिड १९ ले गर्दा स्थगित गरिएको थियो ।
 
कोभिडको –१९ को त्रास रहिरहेपनि विद्युत विकाससँग सरोकारित आयोगले महसुल निर्धारणको सरोकारवालाहरुको भेला गरी सार्वजनिक सुनुवाई गर्न लागेको हो । अनुकुल नरहने परिस्थिति देखिएको हुँदा २०७७ जेष्ठ १२ गते सोमबारका जुम मिटिङ  तथा फेसबुकको माध्यमबाटसूचना प्रविधिको ब्यापक प्रयोग गर्दै ई हेरिङको माध्यमबाट उक्त विद्युत महसुल निर्धारणको प्रस्ताव उपर सरोकारवालाहरुको राय, सुझाव तथा प्रतिक्रिया लिन लागेको आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहल जानकारी दिए ।
 
कार्यक्रम आयोजना बिहान११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । आयोगले विद्युत महसुल निर्धारणसंगसंगै डेडिकेट लाईन र ट्रङलाईनको विषयमा पनि केहि निर्णय लिने निजी क्षेत्रले अपेक्षा राखेको छ ।साथै यस कार्यक्रम मा नेविप्रा का कार्यकारी निर्देशकबाट प्रस्तावित महसुलको सम्बन्धमा लाईभ प्रसारणका साथै नेपाल विद्युत प्राधिकरणको उपभोक्ता विद्युत महसुल निर्धारणको वेबसाईटमा समेत राय सुझाव उपलब्ध रहेको सुचनामा जानकारी   दिएको छ ।
 
 
 

प्रतिक्रिया