भर्खरै

६५ जलविद्यतु प्रवद्र्धकले सरकारको कोरोना कोषमा दिए १ करोड ११ लाखको चेक हस्तान्तरण

  • प्रकाशित मिति : शुक्र, जेठ २, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले निजी ऊर्जा उत्पादकहरूबाट संकलन भएको सहयोग रकम सरकारलाई हस्तान्तरण गरेको छ । इपानले महामारीकोरूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अभियानका लागि स्थापना भएको सरकारी राहत कोषमा आर्थिक सहयोग गर्न उठेको रकम शुक्रबार स्तान्तरण  गरेको हो ।
 निजी क्षेत्रका जलविद्युत प्रवद्र्धकहरुले सरकारको कोरोना रोकथाम कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११
रुपैयाँ  बराबरको चेक  आज एक कार्यक्रमबीच स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईँले ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनलाई सो बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
      
   
 
विभिन्न ६५ वटा जलविद्युत प्रवद्र्धकहरुले उक्त रकम सरकारले गठन गरेको कोरोना रोकथाम तथा राहत कोषमा रकम जम्मा गरेका हुन् । 
 
व्यवसायीहरुको सामाजिक उत्तरदायित्व अन्तरगत देशलाई अप्ठ्यारो परेको अवस्थमा कोरोना रोकथाम तथा न्यूनिकरणका सहयोग पुर्याउन उक्त रकम सरकारको कोषमा जम्मा गरेको अध्यक्ष गुरागाईँले जानकारी दिए । प्रवर्द्धकबाट व्यक्तिगतरूपमा सहयोग गर्ने गरी १ करोड ११ लाख ९ सय ८२ रुपैयाँ बढीको प्रतिबद्धता आएको थियो । इपानले ८ हजार ८ सय १८ रुपैयाँ थप गरेर मन्त्री पुनलाई हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया