भर्खरै

गोरखा अस्पताललाई खुट्टाले हात धुने मेसिन हस्तान्तरण

  • प्रकाशित मिति : सोम, बैशाख २९, २०७७
  • - भीमलाल श्रेष्ठ
title
विद्युत संसार,वैशाख,गोरखा। प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल  (पिन)  जिल्ला कमिटी गोरखा र नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको संयुक्त प्रयासमा जिल्ला अस्पताल गोरखालाई खुट्टाले चलाएर हात धुने मेशिन हस्तान्तरण गरिएको हो ।      
 
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोरखा  जिल्ला इञ्चार्ज एवं पुर्व सभासद कृष्ण धिताल यसपिन गण्डकीका अध्यक्ष बिकास वाग्ले, नेईए गण्डकीका सदस्य साथै पिन गण्डकीका सचिवालय सदस्य ई. राम कुमार श्रेष्ठ, पिन गण्डकीका सदस्य ई.साधुराम लामिछने, गोरखा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम आचार्य, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नबिन थापा साथै अनुदान ब्यबस्थापन तथा पुर्वाधार आयोजना गोरखाका आयोजना प्रमुख ई. राम शरण आचार्य र पत्रकारहरुको समेत उपस्थिती रहेको थियो। 
     
 
गोरखा जिल्लाका पिन सम्बद्ध इन्जिनियर र गोरखा जिल्लामा कार्यरत इन्जिनियरहरुको आर्थिक सहयोगमा सो मेशिन बनाईएको र विभिन्न स्वास्थ्य सामग्रीहरुको प्रबन्ध गरिएको थियो भने सो मेशिन प्रमुख अतिथि कृष्ण धिताल  ले र स्वास्थ्य सामग्री पिन गन्डकीका अध्यक्ष बिकाश वाग्ले ले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नबिन थापालाई हस्तान्तरण गरिएको थियो।
 
 
अस्पतालको इमर्जेन्सी वार्ड अगाडि राखिएको उक्त मेसिनमा दायाँ गोडाले थिच्दा सेम्पु र वायाँ गोडाले थिच्दा पानी निस्कन्छ । गोडाको प्रयोग गरि सजिलै हात धुन सकिन्छ ।
 
एनइएका गण्डकी प्रदेश अध्यक्ष विकास वाग्लेका अनुसार पिनले प्रदेशका प्रत्येक जिल्लामा सेवामुलक कार्य गर्दै आइरहेको छ । तनहुँमा रक्त संकलन, स्याङ्जा, लमजुङ जिल्लामा मेसिन हस्तान्तरण गरिएको उनले बताए । प्रदेश भित्र रहेका इन्जिनियरहरुसँग केही सहयोग लिएर प्रविधि हस्तान्तरण गरेको उनको भनाई थियो । दुईसय लिटरको पानी ट्यांकी राखेर हातधुने यन्त्र बनाउँदा ३० हजार खर्च भएको र प्रयोग गर्ने तरिकाको  डेमो सहित को जानकारी प्रदेश सदस्य साधुराम लामिछानेले बताए ।
 
 
 
 यो निर्माण कार्यको अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने इन्जिनियर तथा उपस्थित अन्य महानुभावहरुलाई ई.राम कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरिएको थियो।  
गोरखा अस्पताल विकास समितिका अध्यक्ष  अर्यालले यो प्रविधि सबै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालयहरुमा पुर्याउनुपर्ने बताए ।
 पिन जिल्ला कमिटी गोरखा र नेईए गण्डकीले अत्यन्तै सर्हानीय कार्य गरेर कोभिड १९ को विरुद्ध लड्न गोरखा  अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन सहित प्रशंसा पत्र प्रदान गरिएको  थियो भने कार्यक्रमको उद्योषक पिन गोरखा कमिटीका सचिव ई. रबिन कट्टेल ले गरेका थिए।
 
 
 प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल  (पिन) ले देशभरका इन्जिनियरहरुको हकहितको लागि कामगर्ने सामाजिक संस्थाको रुपमा काम गर्ने पेशेवर संगठन तथा देशको समग्र विकाशमा मेरुदण्डको  रुपमा परिचित छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago