भर्खरै

भिडियो कन्फ्रेन्समार्फत सुझाव सङ्कलन

  • प्रकाशित मिति : आईत, बैशाख २८, २०७७
  • - विद्युत संसार संवाददाता
title
        विद्युत संसार,अत्तरिया,  वैशाख । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयले आजदेखि शिक्षा क्षेत्रको अवस्थासम्बन्धी दुईदिने भिडियो कन्फ्रेन्स आयोजना गरेको छ । मन्त्रालयका मन्त्री कृष्णराज सुवेदीको उपस्थितिमा प्रदेशका ८८ वटै स्थानीय तहका सरोकारवाला अधिकृतसँग सो कन्फ्रेन्स आयोजना गरिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले डेढ महिना बढीदेखि गरेको लकडाउनले शिक्षा क्षेत्र प्रभावित भएपछि मन्त्रालयले शिक्षालाई कसरी अघि बढाउन सकिन्छ भनेर भिडियो कन्फ्रेन्समार्फत सुझाव सङ्कलन गर्न लागेको मन्त्रालयका प्रवक्ता झङ्करबहादुर विष्टले बताए ।     
     
कन्फ्रेन्समा प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, नौवटै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, शिक्षा विकास निर्देशनालय दिपायलका उपसचिव तथा शाखा अधिकृत, सामाजिक विकास मन्त्रालयका सचिव, मन्त्रीको सहभागिता रहेको छ । सम्मेलनमा शिक्षा क्षेत्रमा महामारीको असर, प्रभाव तथा भावी रणनीतिलाई समेटिएको प्रवक्ता विष्टले बताए। सम्मेलन भोलि (सोमबार) सम्म चल्नेछ ।     
     
सो सम्मेलनमा क्वारेन्टाइनमा प्रयोग गरिएका शैक्षिक संस्था र ती शैक्षिक संस्थाको भौतिक व्यवस्थापन तथा साधन स्रोतको अवस्था, कोरोना भाइरसको प्रकोपबाट जोगिन स्थानीय सरकारहरूको योजना र कार्यान्वयनको अवस्था, विद्यार्थीहरूको परीक्षाफल प्रकाशन, नयाँ शैक्षिकसत्रको भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरण तथा कक्षा सञ्चालनसम्बन्धी स्थानीय तहहरूको योजना तथा प्रदेश सरकारबाट सहकार्यको अपेक्षालगायत मुख्य एजेण्डा रहेको छ ।     
     
नतिजा प्रकाशन, विद्यालय भर्ना र पाठ्यपुस्तकको व्यवस्था तथा पूर्वतयारी र पाठ्यपुस्तकको रकम निकासाको अवस्था, सामाजिक दूरी कायम गरी परीक्षाफल प्रकाशनसम्बन्धी योजना, शिक्षक तालिम तथा कार्यसम्पादन मूल्याङ्कनलगायत वृत्तिविकाससम्बन्धी धारणा र सुझाव, विद्यालय उमेरका बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन तथा मनोसामाजिक त्रासदीबाट जोगिन स्थानीय तहहरूले अपनाउने नीति तथा योजना पनि सो सम्मेलनमा छलफल हुनेछ । मन्त्रालयका प्रवक्ता बिष्टले प्रदेश रहेका कूल विद्यालयमध्ये अहिलेसम्म १२ प्रतिशतमा मात्र इन्टरनेटको पहुँच रहेको बताउँदै प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गर्ने योजना त छ तर, सबै विद्यालयमा इन्टरनेटको पहुँच छैन  ।
   
  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago