काठमाण्डौको केहि स्थानमा २ दिन विद्युत् कटौती हुने

  • प्रकाशित मिति : शनि, बैशाख २७, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार ,वैशाख,काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले   कुलेश्वर वितरण केन्द्रअन्तर्गत स्वीचाटार– स्वयम्भु  फिडरमा २ दिन विद्युत्  सेवा कटौती गर्ने भएको छ ।
 
प्राधिकरणका अनुसार  आगामी आइतबार र सोमबार (बैशाख २८ र २९ गते) २ दिन ९ घण्टाको कार्यालय समयमा कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि  ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार को काम भइरहेकाले स्वीचाटार– स्वयम्भु  फिडरबाट वितरित लाइन काटिने जनाएको हो । 
 
ती स्थानको विद्युत् लाइन छुटाइ तथा सितापाइला गोल्छा चोक सँगैको स्विच काटी कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिइन । 
 
            
सो फिडरअन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायतका स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले  जनाको छ । 
 
ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने समेत जनाएको छ । 

प्रतिक्रिया