भर्खरै

इपान द्धारा कोभिड १९ राहत कोषमा करिब ७६ लाख संकलन

  • प्रकाशित मिति : मंगल, बैशाख २३, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
विद्युत संसार बैशाख, काठमाडौं । महामारीकोरूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अभियानका लागि स्थापना भएको सरकारी राहत कोषमा आर्थिक सहयोग गर्न निजी ऊर्जा उत्पादकहरू(इपान) बाट करिब ७६ लाख रुपैयाँ  बैशाख १९ गते अर्थात मे १ सम्म संकलन भएको  बताईएको छ । निजी ऊर्जा उत्पादकहरूले व्यक्तिगतरूपमा कोषमा योगदान गर्न प्रतिबद्धता जनाएका ३५ प्रवर्द्धकले दिएको रकम स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को बैंक खातामा जम्मा भएको हो ।
 
प्रवर्द्धकबाट व्यक्तिगतरूपमा सहयोग गर्ने गरी १ करोड १० लाख रुपैयाँ बढीको प्रतिबद्धता आएकामा अहिलेसम्म खातामा ७५ लाख ९८ हजार ५ सय ३८ रुपैयाँ जम्मा भइसकेको इपानले जनाएको छ । इपानका अनुसार अनलाइनमार्फत प्रवर्द्धकबाट प्रतिबद्धता गरेको रकम जम्मा भइरहेको हो ।
 
लकडाउका कारण बैंकमा चेक जम्मा गर्न नसकिएकाले प्रवर्द्धकले प्रतिबद्धता जनाएको रकम संकलन हुन समय लागेको  इपानले प्रष्ट पारेको छ । प्रतिबद्धता आएको सबै रकम संकलन भइसकेपछि सरकारी राहत कोषमा हस्तान्तरण गर्ने इपानको तयारी छ ।
 
प्रवर्द्धकहरुले बैकमा जम्मा गरेको आधारमा कम्पनी तर्फ प्रथम सिंगटी हाईडोइलेक्टिक ले रु.५ लाख ५७ हजार ५ सय ५९ रुपैया,दोस्रो हिमाल पावर लिमिटेड र भोटेकोशी पावर लिमिटेड रु.५।५लाख र तेस्रोमा विरेन्द्र न्यौपाने ईसुवा हाईडो पावर ले रु.४लाख ४४ हजार दिएको छ भने व्यक्तिगत तर्फ प्रथम इपानका सल्लाहाकार कृण्ण आचार्य रु.५ लाख ५ हजार , दोस्रो अमिर राणा ५  लाख १ रुपैयां र तेस्रोमा इपान अध्यक्ष शैलेन्द्र गुरागाईं  रु.३ लाख ३ हजार ३ सय ३३ रुपैंया  जम्मा गरेको इपानको आधिकारीक पेजमा जनाएको  छ । त्यसैगरि मोहन डाँगीको कम्पनी र व्यक्तिगत गरि रु.३ लाख २३ हजार २ सय २२ रुपैया र  प्रवर्द्धकहरू कृष्ण आचार्य, गुरुप्रसाद न्यौपाने, गणेश कार्की, बटु लामिछाने, ज्ञानेन्द्रलाल प्रधान  लगायत साधारण सदस्यले सहयोग रकम संकलन अभियानमा  समलग्न भएका छन । देशको विसम परिस्थितीमा जलविद्युत क्षेत्रबाट सरकारलाई समस्या पर्दा हातेमालो गर्नुपर्ने मनन गरी सहयोग रकम संकलन गर्न सुरु गरिएको थियो ।
 
 इपानको बैंक खातामा  २०७७ बैशाख १९ गते (मे १ ) सम्म  रकम जम्मा गर्ने ऊर्जा उत्पादकहरूको नामवली र संकलित रकमको विवरण :
  

प्रतिक्रिया