भर्खरै

चैत भित्र माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Mon-18-Feb-2019
  • - Admin
title
काठमाण्डौ, फागुन । लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाबाट चैत्र भित्र विद्युत उत्पादन हुने भएको छ । करिब ९६ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजनाबाट चैत्र भित्र विद्युत उत्पादन हुने भएको हो । 
लबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरिरहेको सो आयोजना गत साउनमा दोर्दी खोलामा आएको बाढीले केही क्षति पुर्याए पनि अहिले कामले गति लिएको छ ।
 सञ्चालक रामबहादुर पाण्डेका अनुसार आयोजनाको अधिकांश निर्माण सकिएको र चैतभित्र बिजुली बाल्ने लक्ष्य अनुसार काम भइरहेको बताए । 
नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युतगृह देखि करिब १ सय ३० मिटर टाढा १३२ र २२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । अधिकांश निर्माण पूरा भएकाले आयोजनाबाट विद्युत उत्पादन हुँदासम्म सबस्टेसन पनि तयार हुने आयोजना प्रमुख चिरन्तन राणाले बताए ।
आयोजनाबाट गत वर्ष नै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । तर, स्थानीय समस्या, प्रसारण लाइन निर्माणको सुनिश्चितता नहुँदा विद्युत उत्पादन अवधि लम्बिएको थियो । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago