माथिल्लो भोटेकोशीबाट विद्युत उत्पादन सुरु

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ, पुस । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण भएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । दुई साताको परीक्षण प्रसारण पछि लामोसाँघुको सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा आवद्ध गरी व्यापारिक उत्पादन सुरु  गरेको हो । 
 भूकम्प र बाढी पहिरोलगायत पटक पटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको  सो आयोजना दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत उत्पादन भएको आयोजनाले जनाएको छ । निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको  चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई रु सात अर्बमा ठेक्का दिइएको थियो ।

प्रतिक्रिया