भर्खरै

बिक्न छाड्यो जलविद्युत्‌को सेयर

  • प्रकाशित मिति : Fri-20-Dec-2019
  • - Admin
title

 
 
काठमाडौँ, मंसिर ।  कुनै समय थियो, जलविद्युत्‌को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो । लगानीकर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे । १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र नपरे गुमाएको अभास हुन्थ्यो । 
 
 
 
केही महिनायता परिस्थिति बदलिएको छ । जलविद्युत्‌को सेयरमा लगानीकर्ताको आकर्षण घट्दो छ । जलविद्युत् कम्पनीको सेयर जसरी भए पनि बेच्ने ध्याउन्नमा लगानीकर्ता देखिन्छन् । यो अवस्था लगानीकर्ताका कारण नभई जलविद्युत् कम्पनीकै कारणले आएको हो ।
 
संस्थागत सुशासन र पारदर्शिताको अभाव, समयमा आयोजना सम्पन्न नहुनु, निरन्तर लागत बढ्नुलगायत कारण बहुसंख्यक जलविद्युत् कम्पनीको वित्तीय अवस्था नाजुक बन्दै गएको छ । कमजोर वित्तीय अवस्थाको प्रत्यक्ष प्रभाव लाभांशमा पर्छ । यही कारण पछिल्लो समयमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको वितृष्णा बढ्दो छ । नेप्से परिसूचक साढे ११ सय विन्दुमा रहँदा १८ जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्य ९प्रतिकित्ता एक सय० भन्दा कम छ ।
 
सरकारले गत वर्षदेखि ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत विभिन्न क्षमताका करिब डेढ दर्जन जलविद्युत् आयोजना छनोट गरिएको छ । जसमध्ये सान्जेन र रसुवागढीले गत वर्ष नै सेयर निष्कासन गरिसकेका छन् । बाँकी आयोजनाले पनि निष्कासनको तयारी गरिरहेका छन् । यही अवस्थामा सेयर बजारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आर्कषण घट्दो छ । यसको असर ‘जनताको जलविद्युत् कार्यक्रम’ मा पर्ने अनुमान छ ।
 
नियमन अभावले जलविद्युत् कम्पनीहरू अन्धाधुन्द सञ्चालन भएकाले सुशासन बिथोलिएपछि तिनको सेयरमा विश्वास घटेको लगानीकर्ता अम्बिका गिरीले बताए । ‘अंकित मूल्यभन्दा कममा बजारमै सेयर पाइने भएपछि लगानीकर्ता किन आईपीओको पछि लाग्ने ’ उनले प्रश्न गरे, ‘पछिल्लो समय निष्कासन भएका जलविद्युत्को सेयर नबिक्नुको कारण यही हो ।’
 
नेपाल विद्युत् प्राधिकरणबाट उचित मूल्य नपाइएकाले जलविद्युत् कम्पनी समस्यामा परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० का अध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए । ‘अहिले समग्र सेयर बजार नै घट्दो क्रममा छ,’ उनले भने, ‘यस्तो अवस्थामा सबै क्षेत्रका कम्पनीको सेयर मूल्य घटेको छ । यही क्रममा जलविद्युत्को पनि घटेको छ । यसलाई स्वाभाविक मान्नुपर्छ ।’
 
अहिले बजारमा प्रतिकित्ता १ सय रुपैयाँभन्दा कम सेयर मूल्य रहेका कम्पनीमध्ये प्रायः विगतमा सस्तो दरमा पीपीए गरेको कम्पनी रहेको उनले दाबी गरे । ‘अहिले बैंक ब्याज पनि महँगो छ,’ उनले थपे, ‘केही आयोजनामा विद्युत् बेचेको पैसाले ऋणको ब्याज तिर्न पनि नसक्ने अवस्था छ । यसकारण सेयरधनीले राम्रो प्रतिफल पाएनन् अनि लगानीकर्ताको आकर्षण घट्यो ।’ विद्यमान समस्या समाधानका लागि सरकारी पक्षसँग पटकपटक छलफल भए पनि टुंगो लागिनसकेको उनले बताए ।
 
अन्डरराइटिङमा समस्या जलविद्युत्को सेयरमा आकर्षण घटेसँगै सेयर निष्कासन गर्दा बिक्रीको जिम्मा लिने अन्डराइटिङ ९सेयर प्रत्याभूति० मा पनि समस्या हुन थालेको छ ।
 
सुरुमा नबिकेको सेयर किन्ने जिम्मा लिने र पछि नकिन्ने प्रवृत्ति देखापरेको छ । यस्ता उजुरी धितोपत्र बोर्डमा पनि परेका छन् । हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रो पावर र सिँगटी हाइड्रो इनर्जीको सेयरमा अन्डरराइटर र कम्पनीबीच विवादको उजुरी परेको बोर्ड स्रोतले जनाएको छ । विवादको बहाना जेसुकै भए पनि जलविद्युत् आयोजना घाटामा जान थालेपछि अन्डरराइटरले बेइमानी गरेको इप्पानका अध्यक्ष गुरागाईंले आरोप लगाए ।
 
स्रोतका अनुसार हिमाल दोलखा हाइड्रो पावरको ७८ लाख कित्ता सेयर लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट, बीओके क्यापिटल मार्केट र नेपाल बंगलादेश क्यापिटल प्रत्याभूति गरेका थिए । शिवश्री हाइड्रो पावरको सेयर मुक्तिनाथ क्यापिटल ९साविकको भिबोर क्यापिटल० र सीबीआईएल क्यापिटलले अन्डरराइटिङ गरेका थिए । सिंगटी हाइड्रो इनर्जीको सेयरमा ग्लोबल आईएमई क्यापिटलले प्रत्याभूति सम्झौता गरेको हो । हाल तीनै कम्पनीमा अन्डरराइटिङ विवाद छ ।
 
केही जलविद्युत् कम्पनीको आईपीओमा अन्डरराइटिङ विवाद देखिएको बोर्डका प्रवक्ता निरज गिरीले स्वीकार गरे । ‘कानुनी रूपमा प्रत्याभूतिकर्ताले सेयर किन्दिन भन्न पाउँदैनन्,’ उनले भने, ‘यससम्बन्धमा बोर्डमा परेका उजुरीउपर दुवै पक्षसँग छलफल गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिनेछ ।’

डेढ दर्जन कम्पनीको सेयर सय तल
 
सेयर बजारमा सूचीकृत भएकामध्ये करिब डेढ दर्जन कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा कम छ । बाँकी कम्पनीमध्ये पनि अपवादबाहेक धेरैको सेयर मूल्य १२० रुपैयाँभन्दा तल छ ।
 
पछिल्लो समय शिवश्री जलविद्युत्को ठूलो परिणामको आईपीओ बिक्री नै भएन । कम्पनीले असोज १६ देखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्‍यो । कम्पनीले छिटोमा असोज २४ सम्म र ढिलोमा कात्तिक १५ सम्म आवेदन दिन सक्ने गरी ३३ करोड रुपैयाँको सेयर बिक्रीमा राख्यो । असोज २४ सम्म सेयर बिक्री नभएपछि एक महिना ९कात्तिक १५ सम्म० नै सर्वसाधारणको आवेदन संकलन गरियो । सो अवधिमा जम्मा ७ करोड २० लाख रुपैयाँ ९७ लाख २० हजार कित्ता० बराबरको सेयरका लागि करिब १६ हजार आवेदन परेको थियो । त्यसपछि कात्तिक २७ सम्म संस्थापका सञ्चालकका लागि आवेदन आह्वान गरियो । त्यसमा कुनै पनि आवेदन परेन ।  कान्तिपुर 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago