भर्खरै

गोङ्गबु व्यवसायी समितिद्धारा केसी सम्मानित

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title
 
काठमाण्डौं,मंसिर । गोङ्गबु व्यवसायी समिति गोङ्गबुद्धारा व्यवसायी भरत केसी सम्मानित भएका छन् । व्यवसायीहरुबाट विद्युतीय सामग्री लैजाने र रकम नभएको चेक दिई ठगी गर्ने लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिका स्थायी घर भई हाल काठमाण्डौ म्हेपीमा बस्दै आएका रमेश भट्टराईलाई गत मंसिर ३ गते मंगलबार पक्राउ गर्न  सहयोग पु¥याएकोले तथा १९ जना व्यवसायी पिडीतहरुलाई राहत पु¥याउन सहयोग गरेको कारण सिद्धिविनायक इलेक्ट्रिकल सप्लार्यस एण्ड लाईट हाउस सामाखुशीका प्रोपाइटर केसीलाई समितिले गत शनिबार सम्मानित गरेको हो । व्यवसायी केसीलाई काठमाण्डौं विद्युतीय व्यवसायी संघका सचिव मुक्तिनाथ सापकोटाको रोहबरमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियो ।    
 
उनले काठमाण्डौका विभिन्न स्थानका व्यवसायीहरुबाट विभिन्न बाहना र प्रलोभन देखाई विद्युतीय तार लैजाने र शुक्रराज सहकारी र जनबल सहकारीको चेक दिने र चेक साट्न जादा मौज्दात रकम नै नहुने गरेको ठगीमा परेका व्यवसायी प्रकाश लाइट हाउसका प्रोपाइटर प्रकाश कुमार दाहाल बताउँछन् ।  
 
ठगीमा संलग्न भटट्राईले सगरमाथा लाइट सेन्टर, प्रकाश लाइट हाउस, सुपर पावर लाइट हाउस, भिमेश्वर लाइट सेन्टर, महर्जन इलेक्ट्रिक सप, न्यू सुवेदी इलेक्ट्रिकलस, स्वागत लाइट हाउस, श्री अशोक विनायक इलेक्ट्रिकल्स, न्यू लामा इलेक्ट्रिक सप र रिज इन्टरनेशनल लगायत १९ व्यवसायीहरुलाई ठगी गरेको थियो । ठगीमा संलग्न भटट्राईले व्यवसायीहरुबाट विद्युतीय सामान लैजाने र काठमाण्डौ  जिल्लामा प्रतिष्ठित विद्युतीय व्यापार गरी नाम कमाएका बिजुली पसलहरुले नै खरिद गरिदिने गरेको र खरिद गरिदिने पसलहरुबाट नै रकम असुली गरिएको समितिका संयोजक रामकृष्ण कोइरालाले विद्युत संसारलाई बताए । संयोजक कोइरालाले तमाम व्यवसायीहरुमा बिलबिजक जारी गरी लिनदिन गर्न समेत अपिल गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago