भर्खरै

विराटनगर महानगरपालिकाले सौर्य ऊर्जामा खर्च नगर्ने

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title

 
विराटनगर, मंसिर । विराटनगर महानरपालिकाले सौर्य ऊर्जामा अब खर्च नगर्ने भएको छ । पर्याप्त विद्युत उत्पादन भइरहेकाले लोडसेडिङ्गको सम्भावना नरहेको भन्दै महानगरपालिकाले सौर्य बत्तीमा बजेट खर्च नगर्ने निर्णय गरेको हो । 
महानगरपालिकाले चालु आर्थिक वर्षमा सौर्य बत्ती जडानका लागि करिब डेढ करोड  रुपैयाँ बजेट विनियोजन  गरेको थियो । 
 
महानगरपालिकाले वैकल्पिक ऊर्जा अन्तर्गत चालु आवमा नगरका विभिन्न वार्डहरूमा सोलार बत्ती जडान गर्न उक्त रकम विनियोजन गरेको थियो । सोलार बत्तीका लागि विनियोजित उक्त रकम अन्य योजनामा खर्च गर्ने महानगरपालिकाले जनाएको छ ।
नगर परिषद्को बैठकले सौर्य बत्ति जडानमा बजेट खर्च नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । उनका अनुसार बिजुली पर्याप्त भएको अवस्थामा सोलारमा खर्च गर्नु उपयुक्त नहुने भएकोले खर्च कटौति गरिएको बताए ।
पछिल्लो समय जलविद्युत खपत बढाउनु पर्ने अवस्था आएको सन्दर्भमा सौर्य उर्जामा लगानी गर्न नहुने निष्कर्षमा महानगरपालिका पुगेको पूर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले बताए ।
 
सौर्य बत्तीका लागि विभिन्न वार्डहरूले नगरसभाबाट योजना पारित गरेर बजेट विनियोजन गरेका थिए । महानगरपालिका वडा ९ ले एक करोड १ लाख ५० हजार रुपैयाँ सौर्य बत्ती तथा सहर सौन्दर्यताकालागि विनियोजन गरेको थियो ।
तर योजना अघि बढाउने तयारी भईरहेको बेला कार्यपालिका बैठकले सौर्य ऊर्जामा लगानी नगर्ने निर्णय गरेपछि उक्त रकम नगर सौन्दर्यकरणमा खर्च गर्ने योजना बनाइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago