भर्खरै

अरुण भ्याली हाइड्रोपावरले लाभांश वितरण गर्दै

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आनो शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीले ७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
 
 कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण शेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनी सञ्चालक समितिको आइतबार  बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश दिने 
निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले संखुवासभामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट भएको आम्दानीबाट शेयर सदस्यलाई लाभांश दिँदै आएको छ ।
कम्पनीको आगामी हुने २२ औं साधारण सभाबाट स्वीकृत भएपछि सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस शेयरधनीले पाउनेछन् । कम्पनीको हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया