भर्खरै

“उपभोक्ताको आवश्यकता पहिचान गरी विद्युतीय सामग्री ल्याउने गरेका छौ”

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - विजय कुमार राय महाप्रबन्धक, ग्रिन इनर्जी प्रा.लि
title

 
गोल्छा अर्गनाइजेसन नेपालको सबै भन्दा ठूलो कर्पोरेट हाउस हो । गोल्छा अर्गनाइजेसनले नेपालमा विभिन्न व्यापार व्यवसाय तथा उद्योगहरु सञ्चालन गर्दै आएको छ । यसैबीच विद्युतीय व्यवसायी क्षेत्रमा लामो समय देखि कार्य गर्दै आएका गोल्छा अर्गनाइजेसन अन्र्तगतको ग्रिन इनर्जी प्रा.लि का  महाप्रबन्धक विजय कुमार राय सँग ग्रिन इनर्जीले बिक्रि वितरण गर्दै आएका विद्युतीय सामग्रीको अवस्था, यसको गुणस्तर, कम्पनीको भावी योजना लगायत विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
 
 
गोल्छा अर्गनाइजेसनका बारेमा बताइदिनुहोस् न ।

नेपालको सबै भन्दा ठूलो कर्पोरेट हाउसका रुपमा गोल्छा अर्गनाइजेसन रहेको छ । सन् १९३४ मा गोल्छा अर्गनाइजेसनको स्थापना भएको हो ।  गोल्छा अर्गनाइजेसनले नेपालमा विभिन्न व्यापार व्यवसाय गर्दै आएको छ भने थुप्रै उद्योगहरु पनि सञ्चालन गर्दै आएको छ । गोल्छा अर्गनाइजेसले मेनिफ्यक्चरीङ, टे«ेडिङ, इन्फरमेसन, टेक्नोलोजी, एग्रिकल्चर लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन अन्र्तगत सामे ब्राण्डको ट्रयाक्टर, क्रिष्टल ब्राण्डका विद्युतीय सामग्री, न्यूकोन ब्राण्डको ट्रान्सर्फमर उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । 
 
गोल्छा अर्गनाइजेसन अन्र्तगत ग्रिन इनर्जी प्रा.लि ले कस्ता प्रोडक्टहरु उत्पादन गर्दै आएको छ ?

गोल्छा अर्गनाइजेसन अन्र्तगत ग्रिन इनर्जी  प्रा.लि ले न्यूकोन ब्राण्डको ट्रान्सर्फमर  र क्रिष्टल ब्राण्डका  विद्युतीय सामग्रीहरु उत्पादन  तथा बिक्रि वितरण गर्दै आएको छ । कम्पनीले २५ के.भि.ए देखि ८० एम.भि.ए सम्मका  न्यूकोन ट्रान्सर्फमर  उत्पादन गर्दछ भने  क्रिष्टल ब्राण्ड अन्र्तगत घरायसी देखि औद्योगिक क्षेत्रमा प्रयोग हुने विद्युतीय सामग्री उत्पादन गर्दछ । 
क्रिष्टल ब्राण्डका सामग्री हामीले नेपालमा ल्याएको दुई वर्ष मात्र भएको छ । तर    क्रिष्टल ब्राण्डका सामग्रीहरु नेपालका अलवा १५ भन्दा बढी देशमा बिक्रि वितरण हुँदै आएको छ । अन्र्तराष्ट्रिय स्तरमा भएको यसको प्रयोग र गुणस्तरका कारण नै हामीले क्रिष्टल ब्राण्डका सामग्री नेपालमा ल्याएका हौ ।  त्यस्तै न्यूकोन ब्राण्डको पावर ट्रान्सर्फमर, डिष्ट्रिव्यूसन ट्रान्सर्फमर, फर्नेस ट्रान्सर्फमर बजारमा ल्याएका छौ भने हालै  नयाँ प्रविधिको बिचसिएस पिसि २०० देखि २२५ केभिए  सम्मको  ट्रान्सर्फमर पनि ल्याएका छौ । यस्तो प्रकारको ट्रान्सर्फमर अहिले सम्म नेपालमा कुनै पनि कम्पनीले ल्याएको छैन । यस्तो प्रकारको ट्रान्सफर्मरमा  ओभरलोड अथवा अन्य कारणले आउने समस्याहरु बाट बचाउँदछ ।  
 
 
यस कम्पनीबाट हाल सम्म कस्ता प्रकारका विद्युतीय सामग्रीहरु बजारमा ल्याउनु भएको छ ? यसका बारेमा बताई दिनुहोस् न । 

यस कम्पनीले घरायसी तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने विद्युतीय सामग्रीहरु उत्पादन गर्दै आएको छ । नेपालको बजारको वस्तुगत स्थिति हरेर कम्पनीले विद्युतीय सामग्री बजारमा ल्याउने गरेको छ । एमसिवि, एमसिसिवी डिष्ट्रिब्यूसन बोर्ड, जिआई बक्स, एलईडी बल्ब, एलईडी ट्युवलाइट, एमसिसिवि ( १६ एम्पियर देखि ८०० एम्पियर सम्म) , चेन्जओभर स्वीच (४० एम्पियर देखि ३१५० एम्पियर ), लगायत विद्युतीय सामग्री नेपाली बजारमा ल्याएका छौ । त्यस्तै हामीले हालसालै एक हजार एम्पियर सम्मको अटोमेटिक चेन्जओभर स्वीच बजारमा ल्याएका छौ । 
 
कम्पनीको भावी योजनाहरु के–के रहेका छन् ? यसको बारेमा बताइदिनुहोस् न । 

नेपालमा लोडसेडिङ्गको अन्त्य भइसकेको छ । विगतमा लोडसेडिङ्गको चरम समस्या भोगेका हामी अहिले विद्युत बढी हुने अवस्थामा छ । विभिन्न जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन हुन थालेको छ । जसका कारण नेपाली बजारमा विद्युतीय सामग्रीहरुको प्रयोग बढी रहेको छ । हामीले आगामी दिनमा नेपाली बजारमा कस्ता खालका विद्युतीय सामग्रीहरुको माग हुन सक्छन् भन्ने विषयमा अध्ययन गरी रहेका छौ । नेपाली बजार सुहाउँदो, उपभोक्ताको माग बमोजिम विद्युतीय सामग्रीहरु नेपालमा ल्याउने योजनामा छौ । 
 
बजारमा यस कम्पनीले जति पनि ल्याईरहनु भएको प्रोडक्टहरु गुणस्तरयुक्त छन् भन्ने आधारहरु के के रहेका छन् ? यस विषयमा केही बताईदिनुहोस् न । 

हामीले कुनै पनि प्रोडक्ट बजारमा ल्याउनु पूर्व नेपालको बजार अनुकुल छ, छैन, गुणस्तरयुक्त छ, छैन, हामीले ल्याउन खोजेका प्रोडक्ट सर्टिफाई छ या छैन भन्ने विषयमा अध्ययन गरेर मात्रै नेपाली बजारमा ल्याउने गरेका छौ । गोल्छा अर्गनाइजेसनले नेपाली बजारमा ल्याएका प्रोडक्टहरु गुणस्तरयुक्त भएकै कारण हाल सम्म उपभोक्ताहरुले यसका प्रोडक्टहरुलाई रुचाई रहेका छन् । हामीले  स्थापना देखि नै उपभोक्ताहरुलाई गुणस्तरयुक्त सामग्रीहरु प्रदान गरिरहेका छौ । उपभोक्ताले हाम्रा प्रोडक्टहरुलाई विश्वास गरेकै कारण हामीले यति लामो इतिहास रच्न सफल भएका हौ । 
 
गोल्छा अर्गनाइजेसनमा हाल कति जनाले रोजगार पाएका छन् ?

गोल्छा अर्गनाइजेसनले सञ्चालन गरेको विभिन्न व्यापार व्यवसाय र उद्योगहरु सबैमा गरी हाल  करिव २० हजार भन्दा बढी नेपालीहरुलाई रोजगार प्रदान गर्दै आएको छ । ग्रिन इनर्जी प्रा.लि तर्फ भने करिव १२५ जनाले रोजगारी पाएका छन् । 
 
न्यूकोन ब्राण्डको ट्रान्सर्फमर र क्रिष्टल ब्राण्डका विद्युतीय सामग्री बिक्रि गर्दै आउनु भएको छ यसको बजार अवस्था कस्तो रहेको छ ?

हामीले विगत दुई वर्ष देखि नेपाली बजारमा न्यूकोन ब्राण्डको ट्रान्सर्फमर र क्रिष्टल ब्राण्डका विद्युतीय सामग्री बजारमा ल्याएका छौ । अन्र्तराष्ट्रिय स्तरमा समेत आनो छुट्टै पहिचान बनाईसकेका यी ब्राण्डका सामग्री नेपाली बजारमा पनि राम्रो 
पहिचान बनाउन सफल भईसकेको छ । हामीले बजारको अनुगमन गरेर, उपभोक्ताको रुचि अनुरुप यो ब्राण्ड नेपालमा ल्याएका हौ । बजारमा  उस्तै प्रकारका विभिन्न कम्पनीका सामग्रीहरु आउने गर्दछन् । यद्यपि उपभोक्ताले कुन सामग्री गुणस्तरयुक्त छन् भन्ने विषयलाई भने ध्यान दिन जरुरी छ । 
 
विद्युतीय व्यवसायीहरुको हितका लागि विद्युतीय व्यवसायी संघ तथा महासंघले के गर्नुपर्ला ?

विद्युतीय व्यवसायी संघ तथा महासंघ विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्ने संस्था हुन् । संघ तथा महासंघले  विद्युतीय व्यवसायीहरु लाई गुणस्तरीय विद्युतीय सामग्री आयात तथा बिक्रि वितरण गर्न प्रोत्साहित गर्नुपर्दछ । 
 
बजारमा हुने अण्डर  विलिङ्ग तथा ओभर विलिङ्गका सन्र्दभमा तपाई के भन्नु हुन्छ ?

बजारमा विद्युतीय सामग्री बिक्रि वितरण गर्दा अण्डर विलिङ्ग तथा ओभर विलिङ्ग हुने गर्दछ । यद्यपि हामीले बिक्रि वितरण गर्ने हरेक सामग्रीमा अण्डर विलिङ्ग तथा ओभर विलिङ्गको समस्या रहेको छैन । हामीले कुनै पनि प्रोडक्टहरु बिक्रि गर्दा फुल भ्याट विलिङ्गमा नै बिक्रि वितरण गर्ने गर्दछौ । विद्युतीय व्यवसायीहरुलाई पनि फुल भ्याट विलिङ्गमा नै सामग्रीहरु बिक्रि वितरण गर्न आग्रह गर्दछु । 
 
यहाँहरु जस्ता व्यवसायीहरुलाई  सरकारले के गर्नुपर्ला ?

नेपालमा प्रशस्त मात्रामा  विद्युत उत्पादन हुने भएको छ । हाल विद्युतीय सामग्रीहरुको प्रयोगका लागि सरकारले पनि प्राथमिकता दिईरहेको छ । विद्युत खपत बढाउनका लागि विद्युतीय सवारी साधन, इन्डक्सन चुलो लगायतका सामग्री प्रयोगका लागि सरकारले प्रोत्साहन गरिरहेको छ । 
सरकारले नेपालमा आयात गरिने हरेक किसिमका विद्युतीय सामग्रीहरुको भन्सार मूल्य कम गर्ने, बैंक ब्याजदर कम गर्ने लगायतका काम सरकारले गर्ने हो भने विद्युतीय व्यवसाय अझ सहज हुने थियो । व्यवसायीहरु प्रोत्साहित हुने थिए । 
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्नुहुन्छ ?

उपभोक्ताहरुले सस्तो मूल्यका विद्युतीय सामग्री भन्दा गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गर्दछु । लामो समय देखि बजारमा  हामीले नेपाली बजारमा विद्युतीय सामग्रीहरु ल्याएका छौ । उपभोक्ताको विश्वास नै हाम्रो व्यवसाय प्रोत्साहनको आधार हो । गोल्छा अर्गनाइजेसन  अन्र्तगत ग्रिन इनर्जीले  न्यूकोन ब्राण्ड र क्रिष्टल ब्राण्डका विद्युतीय सामग्री नेपाली बजारमा ल्याएको छ, यसको प्रयोग  गर्न उपभोक्ताहरुलाई आग्रह गर्दछु । 

प्रतिक्रिया