भर्खरै

भारतीय महिला संघद्धारा पशुपति क्षेत्र विकासलाई विद्युतीय सवारीसाधन प्रदान

  • प्रकाशित मिति : Mon-02-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ,  मंसिर । पशुपति क्षेत्र विकास कोषलाई भारतीय महिला संघले दुई ओटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ । पशुपति मन्दिर परिसरमा बुधबार उच्च–गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन प्रदान गरेको हो । 
 
उक्त सवारी साधनको भारतीय कम्पनी गयाम मोटर वर्कर्सले निर्माण गरेको हो । पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थ यात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतीय सवारीसाधन उपयोगी हुने महिला संघकी अध्यक्ष नम्रिता पुरीले बताइन् । यी सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्ने पनि उनले  बताइन् । भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्ने उनले बताइन् । 
 
भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक संगठन हो, जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ । यस संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवर्धन गर्ने काम गर्दछ । भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ । 
 
हालै संघले काठमाडौंको नव इन्द्रधनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago