भर्खरै

विद्युत खपत बढाउनुहोस् : निर्देशक घिसिङ

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउन आग्रह गरेका छन् । चिलिमे जलविद्युत कम्पनीको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले इन्डक्सन चुहे,  विद्युतीय सवारीसाधन प्रयोग गरी विद्युत खपत बढाउन आग्रह गरेका हुन् । 
 
कार्यक्रममा उनले आगामी ३० वर्ष पछि जनताले विद्युत महशुल तिर्नु नपर्ने बताए । उनले भने “हामी विद्युतमा जति आत्मनिर्भर हुँदै जान्छौ विद्युत त्यति नै सस्तो हुदै जान्छ । आगामी २०,३० वर्ष पछि जनताले विद्युत महशुल तिर्नु पर्दैन ।”
कार्यक्रममा कम्पनीको लेखा परीक्षकका रुपमा बरिष्ठ लेखा परीक्ष प्रविन कुमार झा लाई नियुक्त गरेको छ । 
 
शेयर धनीलाई २५ प्रतिश लाभांश 

चिलिमे जलविद्युत कम्पनीले आफ्ना शेयर धनीहरुलाई आर्थिक वर्ष २०७५÷७६ सम्मको चुक्ता पूँजिको २० प्रतिशतले हुन आउने रकम रु ९५ करोड १६ लाख २७ हजार बोनश शेयर र चुक्त पूँजीको ५ प्रतिशतले हुन आउने रकम रु २३ करोड ७९ लाख ६ हजार नगद लाभाशं सहित २५ प्रतिशत लाभाशं शेयर धनीहरुलाई वितरण गर्ने भएको हो ।
 कम्पनीले तीन ओटा जलविद्युत कम्पनीहरु प्रवद्र्धन गरी ती कम्पनीहरु मार्फत १११ मेगावाट क्षमताको रसुवागढी,  १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी,  १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाहरु निर्माण गरीरहेको छ । 
 
पाँच आयोजनाको अध्ययन गर्दै
 
चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको ‘चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी’ले पाँच ओटा जलविद्युत आयोजना अध्ययन गरिरहेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घोषणा गरेको  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्र्तगत पाँच ओटा आयोजनाको अध्ययन गरीरहेको हो । 
कम्पनीले ४२० मेगावाट क्षमताको बुढीगण्डकी प्रोक–१ र २ र टमखोला, १६५ मेगावाट क्षमताको सेती नदी–३ र ६० मेगावाट क्षमताको चुमचुते स्यार खोलाको अध्ययन गरीरहेको छ । सेती नदी–३ निर्माण गर्न चिलिमेले ‘सेती नदी जलविद्युत कम्पनी’ समेत दर्ता गरेको छ । यसैगरी, अन्य आयोजनाको पहिचान तथा विकासका लागि नेपाल विद्युत प्राधिकरण, नीजि क्षेत्रका लगानीकर्तासँग सहकार्य र समन्वय गरी अगाडि बढेको पनि कम्पनीले जनाएको छ । 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago