भर्खरै

ऊर्जा मन्त्री र चिनियाँ राजदूत बीच भेटवार्ता

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ , मंसिर । ऊर्जामन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच सिंहदरबारमा आइतबार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
भेटमा  मन्त्री पुनले ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ को निर्माण सकिएको र त्यसका लागि चीनले गरेको सहयोग प्रति आभार व्यक्त गरेका थिए । उनले गत महिना भएको चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच एक वर्ष भित्र ऊर्जा क्षेत्रमा सहकार्य विषयमा योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको स्मरण गराए । मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाउन चिनियाँ राजदूतको ध्यानाकर्षण गराए । चिनियाँ राजदूत याङ्छीले चीन ऊर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको धारणा राखे  । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 3 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 8 hours ago