नेपालको जलविद्युतमा चीनको चासो, तामाकोसी तेस्रोमा ८० प्रतिशत लगानी

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाबीच ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । ऊर्जा मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री पुनले तामाकोसी तेस्रो जलविद्युत आयोजनामा चीनको युनान प्रान्त सरकारले नै लगानी गर्ने खबर पाएको बताए ।  
 
तामोकोसी जलविद्युत परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको  उनले बताए । लगानी प्रवद्र्धनकै लागि नेपाल सरकारले जलविद्युत्को क्षेत्रमा उदार नीति लिएको र पहिलो १० वर्षमा आयकरसमेत छुट हुने प्रावधान ल्याएको उनले बताए । 
अबको ४ वर्षभित्र ५ हजार मेगावाट बिजुली उत्पादन हुने बताउँदै उनले नेपालले जलविद्युतको क्षेत्रमा प्रगति गरिरहेको बताए । नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका गभर्नर चेङ्गफा नेतृत्वको ८ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग ऊर्जासहित पर्यटन र कृषि क्षेत्रमा समेत सहकार्य गर्ने बारे छलफल गरेको थियो । 
 
  भेटमा युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सम्झौता कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको बताए । युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक धारणा राखे । गभर्नर चेङ्गफाले तामाकोसी तेस्रो जलविद्युत् आयोजनाबाट युनान सरकारले नेपालमा लगानी सुरुवात गरेको बताए । 

प्रतिक्रिया