भर्खरै

हिमाल हाइड्रो पावरले सेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : Fri-22-Nov-2019
  • - Admin
title

काठमाण्डौ, मंसिर । हिमालयन हाइड्रो पावर कम्पनीले  शेयर निष्कासन गर्ने भएको छ । कमपनीले साढे २२ करोड रुपैयाँ मूल्य बराबरको सेयर निस्कासन गर्ने भएको हो । 
कम्पनीले कास्कीमा १२ मेगावाट क्षमताको नार्माजुन मादी जलविद्युत आयोजना निर्माण गरीरहेको छ । 
आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता सय रुपैयाँमा अंकित २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । 
कम्पनीका अनुसार निष्कासन हुने सेयर मध्ये ९ लाख कित्ता (१० प्रतिशत) आयोजना प्रभावित स्थानीयका लागि र बाँकी १३ लाख ५० हजार कित्ता (१५ प्रतिशत)  सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाइसककेको छ । नेपाल धितोपत्र बोर्डमा स्वीकृतका लागि आवेदन दिएको र स्वीकृत प्राप्त भए लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँडका लागि जनता क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

प्रतिक्रिया