भर्खरै

बुढीगण्डकी आयोजनाको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • प्रकाशित मिति : Thu-21-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर । १२ सय मेगावाट क्षमताको राष्ट्रिया गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको समस्या समाधानका लागि प्रधानमन्त्री केपि शर्मा ओलिलाई जिल्ला समन्वय समिति धादिङले ज्ञापन पत्र बुझाएको छ । बुढीगण्डकी आयोजनाबाट जनजीवनमा पर्न गएको असर र त्यसको उचित निकासका लागि समन्वय समितिले बुधबार ज्ञापन पत्र बुझाएको जिल्ला समन्यवय समिति धादिङ्गका सदस्य  कमल नारायण श्रेष्ठले बताए ।  
 
२०६८ साल देखि डिपिआर तयार गर्ने भनिएको बुढिगण्डकी आयोजना प्रभावित सबैले मुआब्जा प्राप्त गर्न सकेका छैनन् । आयोजनाबाट धादिङ र गोरखा का साविकका २७ गाविस प्रभाति छन् ।  आयोजना प्रभावित केहीे मुआब्जा पाएको भए पनि गोरखा धादिङका  चार वटा बजार क्षेत्रका प्रभावितले भने अझै सम्म मुआब्जा प्राप्त गर्न सकेका छैनन् ।  चारै वटा बजार क्षेत्रको करिब २१०० रोपनी पर्छ त्यस मध्ये केही जग्गा सरकारी रहेको छ । बजार क्षेत्रको मुआब्जा राम्रो हुने भन्ने भनाइ  भए पनि  बजार क्षेत्रको मूल्याङ्कन हाल सम्म नहँुदा प्रभावितले समस्या भोग्नु परेको र त्यसको समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको उनले बताए  ।
 

प्रतिक्रिया