भर्खरै

विद्युतीय सामग्री ठगीमा संलग्न एक पक्राउ

  • प्रकाशित मिति : Tue-19-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ, मंसिर । विद्युतीय सामग्रीमा ठगी गर्ने एक जना पक्राउ परेका छन् । व्यवसायीहरुबाट विद्युतीय सामग्री लैजाने रकम नभएको चेक दिई ठगी गर्ने लमजुङ्ग जिल्ला स्थित दुधपोखरी गाउँपालिका स्थाई घर भई काठमाण्डौ म्हैपीमा बस्दै आएका रमेश भट्टराई  स्वयम्भूबाट पक्राउ परेका हुन् ।  
 
उनले  काठमाण्डौका विभिन्न स्थानका व्यवसायीहरुबाट विभिन्न बहाना र आस देखाई विद्युतीय तार लैजाने र शुक्रराज सहकारी, जनबल सहकारीको चेक दिने र चेक साट्न जादा मौजात रकम रु एक सय मात्र  हुने गरेको प्रकाश लाइट हाउसका प्रोपाइटर प्रकाश कुमार दाहलले बताए ।  
 
उनलाई मंगलबार   स्वयम्भू प्रहरी वृत्तले पक्राउ गरेको हो । उनले विगत ६ महिना देखी यस्तो कार्य गर्दै आएको पाइएको  प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । उनले सगरमाथा लाइट सेन्ट, प्रकाश लाइट हाउस, सुपर पावर लाइट हाउस, भिमेश्वर लाइट सेन्टर, महर्जन इलेक्ट्रिक सप, न्यू सुवेदी इलेक्ट्रिकलस, स्वागत लाइट हाउस, श्री अशो विनायक इलेक्ट्रिकल्स, न्यू लामा इलेक्ट्रिक सप र रिज इन्टरनेशनल सहित १२ व्यवसायीहरुलाई ठगि गरेको प्रारम्भिक तथ्याङक आएको उपरीक्षक सुवेदीले जानकारी दिए ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago