भर्खरै

बगर गाउँमा सोलारबाट बिजुली

  • प्रकाशित मिति : Sun-17-Nov-2019
  • - Admin
title
म्याग्दी,  मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा सोलारबाट विद्युतीकरण गरिएको छ । बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेर विद्युतीकरण गरिएको हो ।
वडासदस्य बमबहादुर पुनका अनुसार सो योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ घरधुरीमा सोलारबाट बिजुली विस्तार गरिएको जानकारी दिए । परियोजना निर्माणमा धवलागिरि गाउँपालिकाको ४० लाख अनुदान, अमेरिकाको गिभ पावर संस्थाको ३० लाख बराबरको उपकरण र प्राविधिक सहयोग, उपभोक्ताको पाँच लाख रुपैयाँ लगानी रहेको छ । परियोजना निर्माण समितिका अध्यक्ष होमबहादुर पुर्जाका अनुसार  उपभोक्ताले पोल गाड्ने, विद्युत्गृहको भवन निर्माण, तार तान्ने काम गर्न प्रतिघर १९ दिनका दरले श्रमदान गरेको बताए । विद्युतीकरण भएपछि उज्यालोका साथै दैनिकीमा सहज भएको स्थानीयको भनाई छ ।  मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको स्थानीयले बताए । 
यसअघि उज्यालोका लागि घरघरमा सोलार जडान गरेका थिए । बगर जिल्लाको विकट भूगोलमा अवस्थित बस्ती खिवाङ र मुदीबाट बगर पुग्न भीर र जंगलमा पूरै दिन हिँड्नुपर्छ । बगर धौलागिरि हिमालको प्रवेशद्वार (गेटवे) हो । ऊर्जाको माध्यमबाट स्थानीयको दैनिकिमा सुधार र पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सोलारबाट विद्युतीकरण गरिएको गिभ पावर प्रबन्ध निर्देशक किशोर रिमालले बताए ।
गिभ पावर फाउण्डेसनको सहयोगमा गत वर्ष चेचुङ गाउँका २० घरमा ६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरेर विद्युतीकरण गरिएको थियो । असारको गाउँसभाबाट २० लाख विनियोजन भएको बगर विद्युतीकरण योजनाका लागि गत वर्ष खर्च हुन नसकेको बजेटबाट थप २० लाख थप गर्ने कार्यपालिकाबाट निर्णय गरेर योजना कार्यान्वयनमा लगिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए ।
४८ वटा सोलार प्यानल जडान गरेर तारबाट घरघरमा विद्युत् पु(याइएको छ । २० वटा ब्याट्री, दुई वटा २५ केभीए क्षमताको ट्रान्सफर्मर, ५० वटा पोल र ६ किलोमिटर तार तानिएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताए । भविष्यमा केन्द्रीय लाइन विस्तार गर्दा पनि प्रयोग गर्न मिल्ने गरी तार र पोल राखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago