भर्खरै

कर नीतिप्रति उद्योगी, व्यवसायी असन्तुष्ट, सरकारको चर्को आलोचना

  • प्रकाशित मिति : Sun-17-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,मंसिर । सरकारले ल्याएको कर नीतिप्रति उद्योगी तथा व्यवसायीहरुले असन्तुष्टि जनाएको छ । उद्योगी, व्यवसायीहरूले मारमा पार्ने गरी कर नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 
 
आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका उद्योगी, व्यवसायीहरूले खर्चसमेत धान्न नसक्ने गरी करको भार थोपर्ने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले हरेक व्यवसायी तथा कर्मचारीलाई प्यान कार्ड अनिवार्य लिने व्यवस्था गरेकोले सरकारले साना व्यवसायी तथा जनतालाई त्रसित बनाएको बताए । उनले साना व्यवसायीहरुलाई त्रसित बनाउने गरी कर असुल नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गररउँदै करको दायरा बढाउने र मुलुकको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने काममा  सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले करको भारबाट उन्मुक्ति दिलाई दिन सरकारसँग आग्रह गरे । सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीलाई अप्ठयारोमा पारिरहेको गुनासो गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरूलाई जवाफदेही बनाउन सरकारले करको दायरा बढाए पनि त्यो व्यवसायमैत्री हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago