भर्खरै

ग्रिन लाइफ हाइड्रोले शेयर निष्काशन गर्दै

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, कात्तिक । ग्रिन लाइफ हाइड्रोपावर कम्पनीले  सर्वसाधरणका लागि शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले  करिब ३५ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो  । कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको शेयर निष्कासन गर्ने  भएको हो । 
 कम्पनीका अनुसार सय रुपैयाँमा अंकित ३८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३९ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्कासन गर्ने  जनाएको छ । शेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको कम्पनीले जानकारी दिएको छ । बोर्डबाट अनुमति पाए लगत्तै शेयर निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरि बाँडफाँड गरिसकेको छ । स्थानीयले नकिनेको बाँकी शेयर समेत थप गरी सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागिएको हो । शेयर निष्कासन गरी 
बाँडफाँड गर्न कम्पनीले बीओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago