भर्खरै

रिडी हाइड्रोपावरले शेयरधनीलाई ५.६२ प्रतिशत लाभांश दिने

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, कात्तिक । रिडी हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट शेयरधनीलाई ५.६२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित जम्मा ५.६२ प्रतिशत बोनस शेयर दिने भएको हो ।
सञ्चालक समितीको शुक्रबार बसेको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । यो लाभांश कम्पनीका सबै शेयरधनी सदस्यले पाउने छन् । आगामी पुस ४ गते हुने तय भएको कम्पनीको १८औं वार्षिक साधारणसभा सञ्चालक समितिले गरेको प्रस्ताव स्वीकृत गरेपछि सेयरधनी सदस्यले लाभांश पाउने भएका हुन् । कम्पनीले यसअघि आर्थिक २०७४ ÷७५ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ०.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हरेक आर्थिक वर्ष लाभांश दिँदै आएको कम्पनीको शेयर मूल्य भने ७२ रुपैयाँ मात्रै छ । पछिल्लो समय जलविद्युत कम्पनीको वित्तीय अवस्था कमजोर रहेको तथा यसका संञ्चालकहरुले बदमासी गरेका विषय बाहिर आउन थालेपछि शेयर मूल्य लगातार घटिरहेको छ ।

प्रतिक्रिया