भर्खरै

रिडी हाइड्रोपावरले शेयरधनीलाई ५.६२ प्रतिशत लाभांश दिने

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title
 
काठमाण्डौ, कात्तिक । रिडी हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट शेयरधनीलाई ५.६२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित जम्मा ५.६२ प्रतिशत बोनस शेयर दिने भएको हो ।
सञ्चालक समितीको शुक्रबार बसेको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । यो लाभांश कम्पनीका सबै शेयरधनी सदस्यले पाउने छन् । आगामी पुस ४ गते हुने तय भएको कम्पनीको १८औं वार्षिक साधारणसभा सञ्चालक समितिले गरेको प्रस्ताव स्वीकृत गरेपछि सेयरधनी सदस्यले लाभांश पाउने भएका हुन् । कम्पनीले यसअघि आर्थिक २०७४ ÷७५ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ०.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हरेक आर्थिक वर्ष लाभांश दिँदै आएको कम्पनीको शेयर मूल्य भने ७२ रुपैयाँ मात्रै छ । पछिल्लो समय जलविद्युत कम्पनीको वित्तीय अवस्था कमजोर रहेको तथा यसका संञ्चालकहरुले बदमासी गरेका विषय बाहिर आउन थालेपछि शेयर मूल्य लगातार घटिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago