भर्खरै

नेशनल हाइड्रोपावरले तीन महिनामा रु ६ करोड ६४ लाख विद्युत बिक्रि ग¥यो

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title

 
 काठमाण्डौ, कात्तिक । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वषको पहिलो त्रैमासिक विवरण सार्वजानिक गरेको छ । कम्पनीले चालू आवको तीन महिनामा रू. ६ करोड ६४ लाख १४ हजारको विद्युत बिक्री गरेको हो ।कम्पनीले गत आवको सोही अवधिमा रू. ६ करोड ४३ लाख ४६ हजारको विद्युत बिक्री गरेको थियो । कम्पनीले तीन महिनामा रू. २ करोड ३७ लाख ६५ हजार नाफा गरेको छ । गत आवको सोही अवधिमा रू. २ करोड ५८ लाख ८२ हजार नाफा गरेको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ८ प्रतिशत घटेको हो । 
कम्पनीको गत आवको तीन महिनामा रू. १ करोड २ लाख ७० हजार खर्च भएको थियो भने यस आवको तीन महिनामा रू. १ करोड ५३ लाख ८५ हजार खर्च भएको छ । कम्पनीले विद्युत उत्पादन गर्नको लागि नयाँ टरवाइन रनर, जेनेरेटर, ओभरहल, बालुवा लसिङ गर्ने समयन्त्रहरु जडान र सिभिल मर्मतका कार्यहरु सम्पन्न गरेकाले विद्युत उत्पादन वृद्धि भएको हो । कम्पनीले कास्की जिल्ला नामार्जुन गा.वि.स स्थित माद्मे खोलामा १२.३ सय किलोवाट क्षमताको माथिल्लो माद्मेखोला जलविद्युत ओयाजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र  लिई प्राविधिक अध्ययन गरिरहेको  कम्पनीले विवरणमा उल्लेख छ ।  

प्रतिक्रिया