भर्खरै

यी हुन् फ्याँकिने र अवसर पाउने सम्भावित मन्त्री

  • प्रकाशित मिति : Mon-11-Nov-2019
  • -
title

 कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को व्यापक पुनर्गठन गर्ने तयारीमा लागेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन १४ मंसिरको उपनिर्वाचन अघि गर्ने या पछि गर्ने भन्ने विषयमात्र टुंगो लागेको छैन ।
 
ओली वर्तमान मन्त्रिपरिषद् व्यापक परिवर्तन गरेर चुस्त, दुरुस्त ढंगले जनअपेक्षा अनुसार अगाडि बढ्ने निचोडमा पुगेको वालुवाटार स्रोतले जनाएको छ ।
 
यसका निम्ति ओलीले वर्तमान सरकारका सबै मन्त्रीलाई हटाएर टिम नै नयाँ ल्याउने योजना समेत बनाएका छन् ।
कामको आधारमा मूल्यांकन गर्दा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुन तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पुर्नगठित मन्त्रिपरिषदमा पनि स्थान पाउने देखिएको छ ।
प्रचण्डको आग्रहमा खानेपानीमन्त्री बिना मगरले निरन्तरता पाउने र अर्थमन्त्री युवराज खतिवडाले पनि आफूलाई नहटाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको खबर आज सोमबार प्रकाशित भएको साँघु साप्ताहिकले छापेको छ ।
 
अब हुने मन्त्रिपरिषद्को पुनर्गठनमा सुरेन्द्र पाण्डे, कृष्ण राई, लीलानाथ श्रेष्ठ, पम्फा भुसाल र जनार्दन शर्माले स्थान पाउने सम्भावना बलियो छ । अग्नि सापकोटाले सभामुख बन्ने स्थिति नभएमा उनी पनि मन्त्री बन्नेछन् ।
ऊर्जामन्त्री वर्षमान पुनको मन्त्रालय फेरिन सक्ने सम्भावना रहेको छ भने गृह मन्त्रालयमा पनि नयाँ अनुहार आउने स्थिति देखिएको छ ।
दुई वर्षे कार्यकाल सन्तोषजनक ढंगले अघि वढाउन नसकेका नेकपाबाट निर्र्वािचत मुख्यमन्त्री पनि हटाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago