भर्खरै

गोरखाको घ्याल्चोकमा यही कात्तिक २४ र २५ मा दोस्रो मुन्थला महोत्सव हुँदै

  • प्रकाशित मिति : Thu-07-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं, कात्तिक । संघीय सांसद चुडामणी खड्काको प्रमुख आतिथ्यमा यही कात्तिक २४ र २५ गते दोश्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सव हुने भएको 
छ ।
गोरखाको गण्डकी गा.पा.–८,  बेनीगाउँ मुन्थलामा ‘स्थानीय उत्पादन र ग्रामीण पर्यटनको प्रवद्र्धन, धर्म, कला र संस्कृतिको सम्वद्र्धन’ भन्ने नारासहित दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सव–२०७६ आयोजना हुन लागेको हो ।
महोत्सव आयोजना गर्ने सवालमा स्थानीय तथा प्रदेश सरकारसमेत सकारात्मक बनेकाले दोस्रो मुन्थला महोत्सव आयोजना गर्न लागिएको दोश्रो मु्न्थला धार्मिक तथा पर्यटन महोत्सव– २०७६ मूल आयोजक समितिका कार्यक्रम निर्देशक भिम श्रेष्ठले जानकारी दिए । स्थानीय धर्म, कला र संस्कृतिको प्रचारप्रसार गर्नुका साथै मुन्थलाका सौन्दर्य र महत्वलाई विश्व स्तरमा चिनाउन एवं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सवको आयोजना श्रेष्ठको भनाई छ ।
 
कार्यक्रममा प्रीति आले, रामजी खाँड, सुवोध गौतम, कविता नेपाली , चिजा तामाङ सुमित्रा तामाङ संजय गुरुङ  लगायत अन्य थुपै ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा वृहत् सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने महोत्सवमा स्थानीय उत्पादनको बिक्री तथा प्रवद्र्धन हुने  छ ।
 महोत्सवका मुख्य आकर्षणहरुमा फुलको डोलीसहित मन्दिर परिक्रमा, स्थानीय विविधता झल्कने झाँकी प्रदर्शन, दौड प्रतियोगिता, नृत्य प्रतियोगिता लगायत राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ । 
गत वर्ष मंसिर ५ र ६ गते आयोजित प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव–२०७५ सफलतापूर्वक सम्पन्न भएको परिवेशमा दोस्रो पटक फेरि मेलाको आयोजना गर्न लागिएको हो । प्रथम महोत्सवको प्रभावले आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै होमस्टे पनि विस्तार भएको आयोजकहरुले बताएका 
छन् ।
बुढीगण्डकी हाइड्रोपावर बनिसकेपछी यस क्षेत्रबाट त्रिशुली नदी, गणेश हिमाल, र मनास्लु हिमाल सौन्दर्यको आनन्द समेत लिन सकिनेछ । यसले पनि मुन्थलामा पर्यटकीय सम्भावनालाई अझ बढाएको छ । कुमार गुरुङको संयोजकत्वमा आयोजना हुन लागेको महोत्सवका संरक्षक तथा प्रवद्र्धक गण्डकी गाउँपालिका, गोरखा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago