‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा सञ्चालन गछौं : ऊर्जामन्त्री पुन
- प्रकाशित मिति : Mon-04-Nov-2019
- - प्रदिप श्रेष्ठ
काठमाण्डौंं,कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जा सबैको पहुँच पु¥याउन ‘हरेक घर : ऊर्जा घर’ एउटा अभियान कै रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्रीपुनले सरकारले संचालनमा ल्याएको ‘सबैका लागि ऊर्जा’ भन्ने अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिदैं दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखि बनाउनुपर्ने बताए ।
मन्त्रीपुनले वैकल्पिक ऊर्जाबाट हाल सम्म १८ प्रतिशत जनतामा विद्युतको पहँुच पुगेको बताउँदै पन्ध्रौं पञ्चवर्षिय योजनामा आ.व २०८०/०८१ सम्ममा करिव १२ प्रतिशत जनतामा स्वच्छ नवीकरणीय ऊर्जाको पहँुच पु¥याउने लक्ष्य सरकारको रहेको उनको भनाई छ । यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ । सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक ऊर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार ढकालले मुलुक स्वच्छ भरपर्दो तथा किफायति ऊर्जाको सर्वव्यापी पहुँच पु¥याउने दिशामा अग्रसर रहेकोले वर्तमान परिवेशमा नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रको लागि नेपाल सरकारले प्रमुख निकायको रुपमा यस केन्द्रलाई लिएको बताए । उनले भने केन्द्रले देशको भौगोलिक तथा सामाजिक आर्थिक दृष्टिकोणले पछाडि परेका दुर्गम क्षेत्रहरुमा ऊर्जा सेवा प्रदानको माध्यमबाट सनतुलित क्षेत्रगत विकासको राष्ट्रिय लक्ष्य हासिल गर्ने कार्यमा योगदान पु¥याउको बताउँदै यस केन्द्रको पहलमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट हाल सम्म ५५ मेगावाट भन्दा बढी विद्युत उत्पादन भएको उनको भनाई थियो ।
सुप्रविधि नवीकरणीय पुरस्कारबाट ३ जना पुरस्कृत
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष नेपालमा नवीकरणीय वैकल्पिक ऊर्जाको प्रवद्र्धन गरी स्थानीय समुदायको जीवनस्तर उकास्न विशेष सहयोग पु¥याउँदै आइरहेको तीन वटा उत्कृष्ठ संस्थाबाट ३ जना लाई सुप्रविधि नवीकरणीय पुरस्कार वितरण गरिएको छ । २१ औं वार्षिकोत्सव बाट वितरण गर्न शुरुवात गरिएको यस पुरस्कार यस पटक जनही रु.२५ हजारका दरले वितरण गरिएको हो । पुरस्कृत हुने संस्था तथा व्यक्तिहरुमा दन लघुवित्त जलविद्युत सहकारी संस्था लिमिटेडका प्रतिनिधि श्री नयन बहादुर शाह, सौर्य ऊर्जा अन्र्तगतका संस्था सनफर्मर नेपाल प्रा.लि का अविशेक मल्ल र वायो इनर्जी अन्र्तगतका नेपाल इनर्जी डेभलपमेन्ट कम्पनीका श्री राम अधिकारी पुरस्कृत भएका छन् ।
डोल्पा जिल्लाका ३ सय ५० घर बाढी पिडित परिवारलाई स्वच्छ सौर्य ऊर्जा जडान गर्न सम्झौता
यस केन्द्रको २३ औं वार्षिकोत्सवको अवसरमा डोल्पा जिल्लाका ३ सय ५० घर बाढी पिडित परिवारलाई स्वच्छ सौर्य ऊर्जा जडान तथा वितरण गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी र जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्री शेर बहादुर बुढा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
डोल्पा जिल्लाको मुर्केचुला गाउँपालिकाभित्रको वडा नं १ देखि ३ वडाका ३ सय ५० घरधुरी उज्यालोबाट बञ्चित भएको छ । मिति २०७६ असार ०२ गते कोन्सुङ खोलामा आएको बाढीका कारण कोन्सुङ खोला नव जलविद्युत आयोजना क्षतिग्रस्त भई त्यहाँका ३ सय ५० घरधुरी उज्यालोबाट बञ्चित भएको भनी सम्बन्धित वडा कार्यालय,जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा परेको निवेदनका आधारमा दलित,जनजाति लगायतका लक्षित वर्गका लागि स्वच्छ ऊर्जा कार्यक्रम अन्र्तगत सौर्य ऊर्जा प्रणाली जडान गर्न सम्झौता गरिएको हो ।