चिनियाँ टोलीले पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्दै

  • प्रकाशित मिति : Mon-04-Nov-2019
  • - Admin
title

काठमाडौँ, १८ कात्तिक । पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थान लगायतका क्षेत्रहरुमा चिनियाँ टोलीले अन्वेषण सुरु गरेको छ । 
नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको हो । 
दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ ।
दैलेखको नारायण नगरपालिका वडा नं ६ मा चिनियाँ जिओलोजिकल सर्भेको कार्यालय स्थापना पश्चात बेसक्याम्प निर्माण गरी अन्वेषणको कामलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।
 
खानी तथा भूगर्भ विभागका भूगर्भ्िवद् गणेश त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा टोली खटिएका छन् । पहिलो टोलीले सर्भे गरेर आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ, दोस्रो टोलीले जिओलोजिकल सर्भे गरेर जमिनको सतह मुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सिस्मिक सर्भे गर्नेछ उनले बताए । 

प्रतिक्रिया