भर्खरै

‘टिकटक’ले यस्ता विशेषता सहित बजारमा ल्यायो स्मार्टफोन

  • प्रकाशित मिति : Mon-04-Nov-2019
  • - Admin
title

काठमाण्डौ, कात्तिक  । टिकटकको कम्पनी ByteDance ले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनिले स्मार्टिसान जियांगुओ प्रो ३ (Smartisan Jianguo Pro 3) नामक स्मार्टफोन सार्वजनिक गरेको हो ।
यो स्मार्टफोनमा शक्तिशाली प्रोसेसरका साथै पछाडिको भागमा ४ वटा मुख्य क्यामरा रहेका छन् । चीनमा लञ्च गरिएको यो फोनको सुरुवाती मूल्य २८ सय ९९ युआन तोकिएको छ । जुन करीब ४६ हजार रुपैयाँ हुन्छ ।
 
यो स्मार्ट फोनमा १०८० गुणा २३४० पिक्सेल रिजोलुसनयुक्त ६.३९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ । यसमा १२ जिबीसम्मको र्याम छ भने २५६ जिबीको स्टोरेज रहेको छ । साथै फोनमा स्नापड्रागन ८५५ प्लस प्रोसेसर रहेको छ ।
 
यो फोनले स्मार्टिसन अपरेटिङ सिस्टममा काम गर्दछ । तर यो एन्ड्रोइडको कुन संस्करणमा आधारित छ भन्ने बारेमा खुलाइएको छैन । २५६ जिबी इन्टर्नल स्टोरेजयुक्त फोनमा फास्ट डाटा ट्रान्सफरका लागि UFS 3=0  सपोर्ट उपलब्ध छ ।
 
फोटोग्राफीका लागि टिकटकको यो फोन उत्कृष्ट रहेको छ । यसमा क्वाड रियर क्यामरा सेटअप रहेको छ । अर्थात् पछाडिको भागमा रहने क्यामराहरु चारवटा रहेका छन्। जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सरसँगै १३ मेगापिक्सेलको वाइड एंगल क्यामरा, ८ मेगापिक्सेलको टेलिफोटो लेन्स र ५ मेगापिक्सेलको म्याक्रो क्यामरा पनि रहेको छ । यो फोनको प्राइमरी क्यामरामा सोनी IMX  ५८६ सेन्सर रहेको छ । त्यस्तै यो स्मार्टफोनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।
 
 
 
४ हजार मिलिएम्पियर आवर क्षेमताको ब्याट्री रहेको यो फोनको ब्याट्रीले क्विक चार्ज फोर प्लस चार्जिङ सपोर्ट गर्दछ । कम्पनीले यो फोनका विभिन्न तीन प्रकार लञ्च गरेको छ । जसमा पहिलो ८ जिबी र्याम र १२८ जिबी स्टोरेजवाला रहेको छ, जसको मूल्य २८९९ युआन रहेको छ, जसको नेपाली मूल्य करिब ४६ हजार रुपैयाँ पर्छ ।
 
त्यस्तै ८ जिबी र्याम र २५६ जिबी स्टोरेजवाला फोनको मूल्य ३१९९ युआन रहेको छ भने यसको नेपाली करिब ५१ हजार रुपैयाँ बराबर पर्छ । त्यसैगरी १२ जिबी र्याम र २५६ जिबी स्टोरेजवाला फोनको मूल्य ३५९९ युआन रहेको छ, जसको नेपाली मूल्य करिब ५७ हजार बराबर पर्छ। सेतो र कालो रङमा उपलब्ध यो फोन हाल चिनिया बजारका लागि मात्र लञ्च गरिएको हो । एजेन्सी

प्रतिक्रिया