भर्खरै

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र २४ औं वर्षमा प्रवेश

  • प्रकाशित मिति : Sun-03-Nov-2019
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं,कात्तिक । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र आज बाट २३ औं बसन्त पार गरी २४ औं बसन्तमा प्रवेश गरेको छ ।
 
२३ औं बसन्त पार गरेको अवसरमा आज ललितपुरको एक होटलमा नवीकरणीय ऊर्जा क्षेत्रको विगतको समीक्षा तथा भविष्यको मार्गदर्शन सम्बन्धमा उच्च स्तरीय राउण्ड टेबल छलफल कार्यक्रमको आयोजना गरी २४ औं बसन्तमा प्रवेश गरेको जानकारी दिएको हो ।  
 
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका ऊर्जा सचिव दिनेश कुमार घिमिरेले संस्थालाई बधाईका साथसाथै आगामी दिनको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस संस्थालाई अझैं चुस्त दुरुस्त बनाएर अघि बढ्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यापारिक योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले भने यस केन्द्रले ३ वर्षे ,५ वर्षे जति पनि हुन्छ व्यापारिक योजनाका साथ काम गरे केन्द्रमा आईपर्ने जति पनि समस्या तथा चुनौतीहरुको समाधान सँगै सरकारका लक्ष्यहरु पुरा गर्नुका साथै सरकारले दिएका अधिकारहरु समेत प्रयोग गरेर काम गर्नुृपर्ने बताए । अब सरकारले थप नीतिगत दस्तावेज ,ऐन नियमहरु ल्याउँदा सम्बन्धित सबैलाई समावेश गर्ने उनको भनाई छ । सरकारले जति पनि लक्ष्यहरु राखेका छन् ती सबै लक्ष्यहरु पुरा गर्न यस केन्द्रले गर्नुपर्ने कुराहरु के हो ? र यसको भूमिका के कस्तो हुनुपर्छ भनी तय गर्न सक्नुपर्छ, संविधानले कोरिएका अधिकारहरुको कार्यान्वयन गरेर भावी दिनमा त्यसको प्रतिफल कसरी निकाल्ने,अब यो केन्द्र कता कुन बाटोमा हिड्ने त भन्ने विषयमा सोचेर काम गर्नुुपर्ने समेत उनले बताए । 
 
त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीले मुलुकमा हाल कायम रहेको ऊर्जा गरिबी अन्त्य गरी ऊर्जा सुशासन कायम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार हुनुपर्ने बताए । उनले भने अबको भविष्य नवीकरणीय ऊर्जाको हो,त्यसैले  हाल खनिज ऊर्जाका लागि दिइँदै आएको अनुदानलाई घटाएर स्वच्छ ऊर्जामा लगाउनुपर्ने बताउँदै यस केन्द्र हाल लिड एजेन्सीको रुपमा रहेर दुरदराजमा रहेका जनताहरुमा ऊर्जाको पहुँच पुयाउने एउटा माध्यम बनेको उनको भनाई छ  । 
यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षभित्र सम्पूर्ण जनतामा विद्युत् सुविधा पु¥याउने सरकारको घोषणा अनुसार प्राधिकरण पुग्न नसक्ने ठाउँमा वैकल्पिक ऊर्जामार्फत विद्युतीकरण गर्न सकिने बताउँदै यस वर्ष ४० जिल्लामा पूर्णरुपमा विद्युतीकरण गर्ने लक्ष्य रहेको जानकारी दिए । 
 
यस वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको स्थापना विकास समिति ऐन २०१३ अन्तर्गत २०५३ कात्तिक १८ गते भएको थियो । अँध्यारो नेपाललाई उज्यालो बनाउने, वातावरण संरक्षण गर्ने मुख्य लक्ष्यका साथ केन्द्रको स्थापना भएको केन्द्रले जनाएको छ  । हाल विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा केन्द्रले लघुजलविद्युत, सौर्य ऊर्जा, बायोमास, वायु ऊर्जा, ऊर्जा दक्षता, कार्बन व्यापार लगायतका नवीकरणीय ऊर्जा क्षेत्रमा कार्य गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago