भर्खरै

सबस्टेसन नबन्दा विद्युत् खेर

  • प्रकाशित मिति : Tue-22-Oct-2019
  • - Admin
title

मयाग्दी, कात्तिक ।  उत्पादित बिजुली सबस्टेसनमा चार्ज गरी केन्द्रीय प्रसारण लाइनमा जोड्न नपाउँदा जिल्लाका २ जलविद्युत् आयोजनाको १३ मेगावाट बिजुली खेर गइरहेको छ ।
 
 
अन्नपूर्ण गाउँपालिका–३ दाना तथा पर्वतको कुस्मास्थित खुर्कोट सबस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२०र१३२ केभीए प्रसारण लाइन निर्धारित समयमा नबन्दा थापाखोलाको ८ मेगावाट र घलेम्दीको ५ मेगावाट बिजुली खेर गएको हो ।
 
घलेम्दी जलविद्युत् आयोजनाले असारमै टनेल, वेट तथा ड्राई, भोल्टेज तथा पावरको पुनस् परीक्षण तथा सबस्टेसनका पावर सप्लाई टेस्ट पूरा गरी विद्युत् पठाउने माध्यम नपाएकोले उत्पादन होल्ड गरी बसेको छ । ‘आयोजनाबाट उत्पादित बिजुली जोड्ने सबस्टेसन तयार नहुँदा २ महिनादेखि अलपत्र छौं । बैंकको ब्याज मिटरझैं घुमेकोघुमै छ,’ आयोजनाका कम्पनी सचिव विमल रिजालले भने, ‘यता उत्पादित बिजुली जोड्ने सबस्टेसन पाएनौ ।’
 
थापाखोलाको १३।६ मेगावाट विद्युत्मध्ये ५ मेगावाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापस्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविद्युत्को सबस्टेसनमा सिङक्रोनाइज गरी ३३ केभीए वनवे राष्ट्रिय प्रसारण लाइनमा चार्ज गरिएको छ ।
 
उत्पादित विद्युत् खेर मात्र गइरहेको छैन, सानो क्षमताको पुरानो प्रसारण प्रणालीमा ठूलो क्षमताको विद्युत् जोड्दा साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा पटकपटक विद्युत् अवरोध हुने समस्या देखिएको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago