भर्खरै

पाल्पाको निस्दीमा ११ वर्ष पछि बिजुली

  • प्रकाशित मिति : Mon-21-Oct-2019
  • - Admin
title

पाल्पा, कात्तिक । पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली  पुगेको छ ।  विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्ष पछि  गाउँमा विद्युत पुगेको हो । 
 स्थानीय लालीगुराँस विद्युत सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो ।
 
       सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत  विस्तारको काम गरेपछि आइतवार साँझदेखि गाउँमा बिजुली बत्ती बल्न थालेको हो । बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्धा गाविस वडा नं ८ र ९ का २०० घरधुरीमा एकैसाथ बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ ।
 
लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत सेवा पु¥याउन सफल भएको सहकारीका अध्यक्ष दुर्गा सोमैले जानकारी दिए । 
विद्युतीकरणका लागि उपभोक्ताबाट प्रतिघरधुरी रु दश हजार रकम उठाइएको छ । वर्षौदेखि टुकीको भरमा जीवन बिताएका स्थानीय अहिले बिजुली बत्ती बलेपछि खुशी भएका छन् । 
       
यस क्षेत्रमा विद्युत लाइन नहुँदा पठनपाठन, कुटानी पिसानी, मोबाइल चार्ज गर्न निकै कष्ट भोग्दै आएका थिए  । अब विद्युत सेवा उपभोग गर्न पाइने भएपछि वर्षौदेखिको बिजुली बाल्ने सपना पूरा  भएको छ । यस क्षेत्रमा विद्युत  लाइनको अभावमा विद्यालय, विभिन्न सङ्घसंस्थामा काम गर्न समस्या थियो । सामान्य कामका लागि रामपुर नगरपालिका नै जानुपर्ने समस्या रहेकोमा अब विद्युत सेवाको शुरुआत भएपछि ठूलो राहत पुग्ने वृहस्पति प्राथमिक विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताए ।
 
       विद्युत लाइनको पहुँच नपुगेका निस्दी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ वडामा विद्युत विस्तार गर्ने योजना अन्तर्गत साविक गल्धा गाविसका ८ र ९ वडामा बत्ती बाल्ने काम सम्पन्न भएको छ । 

प्रतिक्रिया