भर्खरै

काबेली ‘बी’ १ को बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

  • प्रकाशित मिति : Wed-16-Oct-2019
  • - Admin
title

 
काठमाण्डौं, असोज । पाँचथर र ताप्लेजुङको सीमामा निर्माणाधीन २५ मेगावाटको काबेली ’बी’ १ जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अरुण काबेली पावर कम्पनीले २०७२ सालबाट निर्माण सुरु गरेको आयोजनाको विद्युत् यहि १६ असोजदेखि आयोजनाको विद्युत् प्रणालीमा जोडिएको परियोजना निर्देशक रमेश नेउपानेले बताए । उनले भने हाल परिक्षण उत्पादन भइरहेको छ, अबको दुई सातापछि आयोजनाबाट व्यापारिक विद्युत् उत्पादन सुरु हुन्छ, परीक्षण अवधिभर भने आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले निःशुल्क पाउने उनको भनाई छ । आयोजनाबाट उत्पादन भएको विद्युत् प्राधिकरणको प्राविधिक टोलीले काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडेको छ । प्रसारण लाइनको तेस्रो खण्ड तयार नहुँदा तथा खोलामा आएको बाढी, भारतीय नाकाबन्दी र विभिन्न समयमा अरूण काबेली जलविद्युत कम्पनी भएका बन्द हडतालले काम ६ महिना ढिला भएको कम्पनीले दाबी गरेकोे थियो । आयोजनामा पर्न आएको विभिन्न समस्याहरु कै कारण तालिकाभन्दा एक वर्ष ढिलो विद्युत् उत्पादन भएको कम्पनीले जनाएको छ । 
आयोजनाको निर्माण कार्य सुरु गर्दा ४ अर्ब रुपैँया लागत अनुमान गरिएता पनि आयोजना सम्पन्न गर्न करिब ५ अर्ब रुपँैया खर्च भईसकेको कम्पनीले जनाएको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् । 

प्रतिक्रिया