भर्खरै

मध्यभोटेकोशीको जलविद्युतको १ अर्ब ५० करोडको आईपीओ निष्काशन हुँदै

  • प्रकाशित मिति : Mon-14-Oct-2019
  • - विद्युत संसार संवाददाता
title

 
काठमाण्डौं,असोज । सिन्धुुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले १ अर्ब ५० करोड रुपैयाँ बराबर आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । ]
 
केयर रेटिङ नेपाल यस आयोजनाको आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमा मध्यभोटेकोशीले औषत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । कम्पनीले १०० रुपैयाँ दरको १ करोड ५० लाख कित्ता शेयर जारी गर्ने छ ।
 
रेटिङ सम्पन्न गरे पनि कम्पनीले आइपीओ निष्कासनका लागि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ बिक्री खुला प्रक्रिया सुरु हुनेछ । कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सञ्चय कोषका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई शेयर बिक्री खुला गरेको थियो । कम्पनीले खुल्ला गरिएको शेयर बाँडफाँट समेत भइसकेको छ । 
 
कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ लाख १७ हजार कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गरिएको हो । 
यस मध्यभोटेकोशी जलविद्युत कम्पनी सन् २०१० मा स्थापना भएको कम्पनी हो ।  यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब पुग्ने छ । यस्तै, सर्वसाधारण र संस्थापकको शेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ । यस परियोजनाको प्रतिमेगावाट लागत १६ करोड ७० लाख रहेको छ । 

प्रतिक्रिया