भर्खरै

शिवश्री हाइड्रोले साधरण शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : Wed-02-Oct-2019
  • - Admin
title
काठमाण्डौ , असोज । सिन्धुपाल्चोकमा  २२.२ मेगावाट क्षमताको उपर चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरि रहेको शिवश्री हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी असोज १६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको हो  । 
कम्पनीले सय रुपैयाँमा अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले  आयोजना प्रभावित स्थानीयमा बिक्री नभएको शेयर समेत थप गरी निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर गरेको थियो । आयोजनामा लगानी गर्न इन्छुक लागानीकर्ताले छिटोमा असोज २४ र ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्युनतम १० देखि अधिकतम १० लाख कित्ता सम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।  शेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago