भर्खरै

शिवश्री हाइड्रोले साधरण शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : Wed-02-Oct-2019
  • - Admin
title

काठमाण्डौ , असोज । सिन्धुपाल्चोकमा  २२.२ मेगावाट क्षमताको उपर चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरि रहेको शिवश्री हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी असोज १६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको हो  । 
कम्पनीले सय रुपैयाँमा अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले  आयोजना प्रभावित स्थानीयमा बिक्री नभएको शेयर समेत थप गरी निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर गरेको थियो । आयोजनामा लगानी गर्न इन्छुक लागानीकर्ताले छिटोमा असोज २४ र ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्युनतम १० देखि अधिकतम १० लाख कित्ता सम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।  शेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया