भर्खरै

प्रशारण लाइन बनाउँदै न्यादी जलविद्युत् आयोजना

  • प्रकाशित मिति : Mon-30-Sep-2019
  • -
title
काठमाण्डौं,असोज । लमजुङमा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले नौ किलोमिटर राष्ट्रिय प्रशारण लाइन आफंै निर्माण गर्ने भएको छ । मस्र्याङदी कोरीडोरमा निर्माण हुने भनिएको २२० केभी राष्ट्रिय प्रशारण लाइन निर्माणमा ढिलाई हुने भएपछि आयोजना आफैंले १३२ केभी प्रशारण लाइन निर्माण गर्ने भएको हो ।
जिल्लाको मस्र्याङदी गाउँपालिका–६, ङादीखोलामा निर्माण भइरहेको आयोजनाले आयोजना स्थलदेखि मस्र्याङदी–८ भुलभुलेसम्म नौ किलोमिटर प्रशारण लाइन निर्माण गर्न लागेको हो । आगामी चैत्र महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले सो मितिमा राष्ट्रिय प्रशारण लाइन निर्माण नहुने भएपछि आफैं प्रशारण लाइन निर्माण गर्न बाध्य भएको हो ।
यसअघि आयोजनास्थल ङादीखोलाबाट मस्र्याङदी–३ टारीकुनासम्म प्रशारण लाइन निर्माण गर्ने भनिएपनि २२० केभीको राष्ट्रिय प्रशारण लाइन निर्माण नहुने भएपछि थप तीन किलोमिटर प्रशारण लाइन निर्माण गर्न लागेको आयोजनाका म्यानेजर उत्तम आमात्यले बताए ।
‘चैत्र महिनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य थियो’ आमात्यले भने, ‘प्रशारण लाइन नहुनाले हामी आफैं बनाउन बाध्य भएका छौँ ।’ प्रशारण लाइनको ६ किलोमिटरका लागि आयोजनाको तर्फबाट जग्गा अधिग्रहण गरेर मुआब्जा पनि वितरण गरेको आयोजनाले जनाएको छ । ६ किलोमिटरका लागि चारवटा टावरको जग समेत खनिसकेको आयोजनाका प्रवक्ता विजय गुरुङले बताए ।
थप तीन किलोमिटर प्रशारण लाइन निर्माणका लागि पनि आयोजनाका तर्फबाट सार्वजनिक सुनुवाई गरिएको छ । अब प्रक्रियागत रुपमा अघि बढेर जग्गा अधिकरण, मुआब्जा वितरण गरी दु्रत गतिमा प्रशारण लाइन निर्माण गरिने गुरुङले बताए ।
 
आयोजनाका अनुसार आयोजनास्थलबाट टारीकुनासम्म १४ वटा टावर बन्ने छन् । बाँकी तीन किलोमिटरमा भने थप १० वटा टावर निर्माण हुने भएको छ । न्यादीबाट आफ्नै प्रशारण लाइनमा विद्युत् ल्याएर माथिल्लो मस्र्याङदीले निर्माण गरेको १३२ केभी प्रशारण लाइनमा जडान गरिने आयोजनाले जनाएको छ । माथिल्लो मस्र्याङदी ‘ए’ ले निर्माण गरेको प्रशारण लाइनको तेश्रो टावरमा न्यादीबाट उत्पादित विद्युत् जडान हुने आयोजनाले जनाएको छ ।
 
विद्युत् प्राधिकरणको नेतृत्व सक्रिय रहेकोले समयमै राष्ट्रिय प्रशारण लाइनको काम सकिने विश्वास लिएको आयोजनाले समयमै काम नहुँदा निराशा व्यक्त गरेको छ । आयोजनाले योजना गरेभन्दा बढी काम गर्नुपरेपछि खर्च पनि थपिएको छ । हाल टारीकुनादेखि भुलभुलेसम्म निर्माण गर्न लागिएको १३२ केभीको प्रशारण लाइन सोहि करिडोरमा २२० केभीको राष्ट्रिय प्रशारण लाइन निर्माण भएपछि भने काम नलाग्ने बताइएको छ ।
 
चैत्रबाट विद्युत उत्पादन गर्ने लक्ष्य
 
मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले आगामी चैत्रसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । २०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म ७० प्रतिशत संरचना निर्माणको कामसम्पन्न भएको जनाएको छ ।
 
हाल आयोजनाको बाँध क्षेत्रको जग खन्ने काम पूरा भएको छ । आयोजनाका अनुसार ३ दशमलव ८४ किलोमिटर लामो मुख्य सुरुङ ढलानको काम ७५ प्रतिशत सकिएको छ । यस्तै, विद्युत् गृहको सिभिल संरचना निर्माण पनि सम्पन्न भएको छ । आयोजनामा सुरुङसहित सातसय २५ मिटर पेनस्टक पाइप राखिनेछ ।
 
विद्युत् गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु हुन लागेको अमात्यले बताए । विद्युत् गृहमा उपकरण जडानको काम मंसिरभित्र पूरा गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । आयोजनाको बाँधक्षेत्र, हेडवर्कक्स, इन्टेकको काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको र टेलरेसको निर्माण पूरा भएको पनि आयोजनाले जनाएको छ । आयोजनामा हाल पेनस्टक सपोर्ट कार्य निर्माण भइसकेको बताइएको छ ।
३० मेगावाटको यो आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरीएको छ । यसमा एभरेस्ट बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेका छन ।
आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहाबमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट पर आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भइ आठ वर्षसम्म र सम्झौता अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ ।
साना जलविद्युत गुरुयोजना अन्तर्गत सन् १९९३ मा पहिचान भएको ङादीको सुरुको क्षमता २८ मेगावाट थियो । पछि यसलाई २० मेगावाट हुँदै ३० पु¥याइएको हो । यसको पूर्वसम्भाव्यता अध्ययन लमजुङ विद्युत् विकास कम्पनीले गरेको थियो । सन २००० मै यसको वातावरणीय प्रभाव मुल्यांकन स्वीकृत भइसकेको हो । बीपीसीले लेड्कोबाट यो आयोजना सन् २००६ मा खरिद गरेको थियो ।
स्रोत ः कारोवार दैनिक 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago