भर्खरै

सुचना महामार्गका लागि अप्टीकल फाईवर बिच्छाउने काम तीव्र गतिमा , अबको पाँच महिनाभित्र फाइवर बिच्छ्याई सक्ने लक्ष्य

  • प्रकाशित मिति : Sun-29-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

धादिङ,असोज । नेपाल सरकारको डिजिटल नेपालको चाहान पुरा गर्ने लक्ष्य अनुरुप मध्य पहाडी लोकमार्गमा निर्माण सुरु गरिएको सुचना महामार्गका  लागी अप्टीकल फाईवर बिच्छाउने कामले तीव्रता पाएको छ ।
 
गत जेठ ८ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छी गाउँपालिका स्थित मासटारमा एक कार्यक्रम गरी सुचना महामार्गको शिलान्यास गरेर  आयोजनाको शुरुवात भएकोे थियो ।
 
प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सुचना महामार्गका लागि अप्टीकल फाईवर बिच्छाउने काम अहिले तीव्र गतिमा अघि बढेको हो । पूर्वको पाँचथर देखि पश्चिमको बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताएका थिए ।  
अहिले नमुनाको रुपमा सिसिएस नामक चाईनिज कम्पनीले धादिङको गल्छी गाउँपालिका स्थित मासटार देखि मुग्लिनसम्म तीव्र रुपमा फाईवरको लागि पाईप बिच्छाउने काम भईरहेको छ । मासटार देखि गल्छीसम्म तीन किलोमिटरको काम अबको केही दिनमा नै सम्पन्न हुने यस लगत्तै गल्छीबाट मुग्लिनसम्मको साठी किलोमिटरको काम सुरु गर्ने कम्पनीले जनाईएको छ ।  तीन प्याकेजमा निर्माण गरिदंंै गरेको सुचना महामार्गको पृथ्वी राजमार्ग खण्डमा पर्ने गल्छीदेखी मुग्लिनसम्मको क्षेत्रमा अबको पाँच महिनामा फाईवर बिच्छ्याउने काम सक्ने कम्पनीको लक्ष्य रहेको छ ।
त्यस्तै पाँचथरको चियो भञ्ज्याङ्ग देखि गोर्खाको आरुघाटसम्म दुई हजार एक सय ७९ किलोमिटर सडक मुनी पनि अप्टीकल फाईवरको तार बिच्छ्याउने कम्पनीको भनाई छ । यसको कुल लम्वाई मध्ये पहिलो प्याकेज ५९६ दोस्रो १०२८ र तेस्रो पाँच सय ५५ किलोमिटर रहेको छ ।
 
आयोजानको कुल लागत तीन अर्ब रुपैंया रहेको छ । मुलुकमा यो आयोजना सम्पन्न भएसंगै स्मार्ट सिटि र ई–गर्भरमेन्सका लागी आवश्यक पुर्वाधार तयार हुने छ । शिक्षा स्वास्थ्य ,कृषी जस्ता क्षेत्रमा प्रविधिको प्रयोगसंगै उत्पादन वृद्धि रोजगारी सिर्जना गर्नुका साथै कुल ग्रहास्थ उत्पादनमा समेत टेवा पुग्ने विश्वासस रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago