भर्खरै

पर्यटकीय क्षेत्र रोल्वालिङमा सोलार वितरण

  • प्रकाशित मिति : Wed-25-Sep-2019
  • - Admin
title
 
दोलखा,असोज । पर्यटकीय क्षेत्र रोल्वालिङका घर तथा होटलमा सोलार वितरण गरिएको छ । रोल्वालिङ क्षेत्र भ्रमणमा पुग्ने पर्यटकलाई रातमा उज्यालो र मोबाइल चार्ज गर्न सहयोग पु¥याउने गरी गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सोलार वितरण गरेको हो ।
रोल्वालिङको बेदिङ र ना गाउँलाई लक्षित गरी १८ वटा सोलार वितरण गरिएको आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिए । 
सोलार पाएपछि अँध्यारोमा स्थानीयलाई पर्यटकको स्वागत गर्न सहयोग पुगेको छ । दोलखाको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको रोल्वालिङ उपत्यकामा च्छोरोल्पा हिमताल, दुधकुण्ड र वरपरका हिमश्रृङ्खला रहेका छन् । त्यस्तै ५ हजार मिटरसम्मका हिम टाकुरामा आरोहण गर्नेको गन्तव्य पनि रोल्वालिङ हो । सरकारले चालू आर्थिक वर्षमा पर्वतारोहण शिक्षालय समेत रोल्वालिङमा खोल्ने घोषणा गरेको छ ।संरक्षण क्षेत्रले पर्यटकहरूका आकर्षित गर्न रोल्वालिङमा पूर्वाधार निर्माण र प्रचार प्रसारलाई जोड दिन लागेको आयोजना प्रमुख साहले बताए । लामाबगरको छ्योत्छ्यो देखि च्छोरोल्पा हिमतालसम्म २० किलोमिटर व्यवस्थित ट्रेकिङ रुट तयार भएको छ । सिमिगाउँदेखि ना गाउँसम्मका होटलहरू व्यवसायीलाई होटल व्यवस्थापन तालिमसमेत संरक्षण क्षेत्रले दिएको छ । आयोजनाले २ सयवटा सुधारिएको फलामे चुहो समेत वितरण गरेको छ । परम्परागत चुहोमा दाउरा बढी खपत हुने, धुँवा बढी हुने र वातावरण र स्वास्थ्यलाई समेत असर गर्ने देखिएपछि सुधारिएको फलामे चुहो वितरण गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago