भर्खरै

माया खोला आयोजनाको ४० प्रतिशत निर्माण कार्य समपन्न

  • प्रकाशित मिति : Tue-24-Sep-2019
  • - Admin
title
काठमाण्डौ, असोज । मायाखोला जलविद्युत आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।  २०७४ असोजबाट सुरु भएको सो आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । 
संखुवासभामा निर्माणधीन १४.९ मेगावाट क्षमताको सो आयोजनाको २.२ किलोमिटर लामो मुख्य सुरुङ ७ सय २० मिटर खनिएको आयोजनाका संयोजक भरत थापाले बताए । सुरुङको आउट लेटतर्फ ७ सय तथा इन लेटतर्फ २० मिटर खनिएको उनले बताए । 
आयोजनाको संरचनामा ५ किलोमिटर लो प्रेसर पाइप र २.२ किलोमिटर सुरुङ रहने गरी निर्माण भइरहेको छ । असोज पछि बाँध र विद्युतगृहको संरचना निर्माणको काम सुरु गरिने संयोजक थापाले बताए ।  उनले विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिलक उपकरण आयात गर्ने ठेकेदारले काम सुरु गरिसकेको बताए । जग्गा अधिग्रहण, सट्टा भर्ना, मुआब्जा वितरण, आयोजना स्थलमा विद्युत पहुँच पुर्याउने लगायतका काम सम्पन्न भइसकेको प्रवद्र्धधक कम्पनी माया खोला हाइड्रो पावर कम्पनीले जनाएको छ ।
 यो आयोजना साढे २ वर्षअघि नै पुरा हुनुपर्ने भए पनि विद्युत जोडिने २२० केभी कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा ढिलो भएपछि उत्पादन अवधि लम्विएको हो ।  पछिल्लो तालिका अनुसार आयोजनाले २०७७ असारदेखिे विद्युत उत्पादन सुरु गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago