भर्खरै

घटेको मूल्यमा ग्याँस नबेच्ने व्यापारी आयल निगमले कारवाही गर्ने

  • प्रकाशित मिति : Tue-24-Sep-2019
  • - Admin
title

 
काठमाण्डौ, असोज ।  नेपाल आयल निगम (एनओसी) ले घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई  कारबाही गर्ने चेतावनी दिएको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल.पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न ग्याँस व्यवसायीलाई सचेत गराएको हो ।
निगमले निर्धाण गरेको मूल्य भन्दा बढीमा ग्यास बिक्रि गरेमा निगम कडा कारबाही गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
आयल निगमले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल.पी ग्याँसको मूल्य समायोजन गरेको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो ।

प्रतिक्रिया