भर्खरै

“काबेली बी वान”को परीक्षण उत्पादन सुरु

  • प्रकाशित मिति : Wed-18-Sep-2019
  • - Admin
title

 
भदौ , पाँचथर । २५ मेगावाट क्षमताको ‘काबेली बी वान’ जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । । पाँचथर र ताप्लेजुङको सिमानामा अवस्थित आयोजनाको निर्माण कार्य पुरा भएसँगै परीक्षण उत्पादन शुरु भएको हो  । अघिल्लो वर्षनै निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक पर्ने करिडोर (काबेली करिडोर) निर्माणमा ढिलाइ हुँदा आयोजनाको निर्माण अवधि लम्बिएको थियो । 
 
नेपाल विद्युत प्राधिकरणले बनाइरहेको काबेली करिडोरको निर्माण सम्पन्न  भए सँगै आयोजनाबाट उत्पादन हुने विद्युत उक्त करीडोरमा जोडिने  छ । परीक्षण उत्पादनपछि विद्युत उत्पादनको चरणमा प्रवेश गर्ने आयोजनाको निर्माणको जिम्मा लिएको अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले बताए ।
 
 विद्युत् प्राधिकरणका अधिकारीको निरीक्षणपछि प्रशारण लाइनमा जोडिने  बताउदै उनले दशैं अगाडीनै परीक्षण उत्पादन हुने बताए । अनुमानित रु.४ अर्ब लाग्ने भनिएता पनि आयोजना निर्माण सम्पन्न हुँदा सम्म रु.५ अर्ब लागत पुगेको  उनले जानकारी दिए । 
 
मूल्यवृद्धि, भारतीय नाकाबान्दी, तथा काबेली करिडोरको निर्माणमा ढिलाइले कर्मचारी बढि समय पाल्नु परेको, बैंकको ब्याज एक वर्ष बढी तिर्नु परेको, निर्माण अवधि लम्बिनु जस्ता कारणले लागत बढेको उनको  भनाई छ । आयोजनाले ड्याम साइटबाट ४ हजार ८०० मिटर लामो चार डायमिटर गोलाई भएको फलामको पाइपबाट पानी झारेर पावर हाउसमा पु¥याएको छ । आयोजनाले सुरुङ मार्फत् नभई फलामको पाइप मार्फत् टर्वाइनसम्म पानी र्पुयाएको छ । आयोजनाबाट बर्खाको छ महीनामा २५ मेवा विद्युत् उत्पादन गर्नेे र हिउँदको समयमा १० मेवा विद्युत् उत्पादन  गर्ने लक्ष्य छ ।

प्रतिक्रिया