भर्खरै

कलकत्तादेखि काभ्रेको पाँचखालसम्म पानी जहाज ल्याउन सकिन्छ : कुलमान

  • प्रकाशित मिति : Tue-17-Sep-2019
  • -
title

 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको कलकत्तादेखि काभ्रेको पाँचखालसम्म पानी जहाज ल्याउन सकिने बताउनु भएको छ। राजधानीमा शनिबार रामेछाप काठमाडौं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले पनी जहाज चल्नका लागि समुन्द्र नै नचाहिने दाबी गर्दै यस्तो बताउनु भएको हो। ‘वाटर लिप्टिङ प्रविधिमार्फत् मध्यम स्तरका जहाज कलकत्ता र बंगलादेशदेखि कोशी करिडोर हुँदै पाँचखालसम्म ल्याउन सकिन्छ’, उहाँले भन्नुभयो।
 
घिसिङले जसका लागि जाइकाको सहयोगमा योजना बनेको तर यसका लागि राजनीतिक तह र देशले ठूलो मिहिनेत गर्नुपर्ने उल्लेख गर्नु भएको छ। सँगै उहाँले यो कामका लागि दृढ इच्छाशक्ति समते आवश्यक हुने बताउनु भएको छ। मध्यमस्तरको पानीजहाज चलाउन सक्ने गरी सप्तकोशी ९चतरा० देखि सुनकोशी ९दोलालघाट० सम्म विभिन्न जलासययुक्त आयोजना बनाउन सकिने सो योजनामा उल्लेख छ।
 
‘यो बीचमा चार वटा ठूला जलासययुक्त आयोजना बनाउने हो भने अहिले कलकत्ता बन्दरगाह हुँदै भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ’, घिसिङले भन्नुभयो।
 
यसका लागि सप्तकोशीमा बाँध बाँधेर सुनकोशी १– सुनकोशी–२ र सुनकोशी–३ गरी थप ३ बाँधसहितका जलाशय बनाउनु पर्ने उहाँको भनाइ छ। सँगै घिसिङले यो योजनाको सफलताका लागि सहायकमा रुपमा लिखु, तामाकोशी, अरुण, बरुण, तमोर, दूधकोशी लगायतका नदीमा पनि जलायसयुक्त जलविद्युत आयोजना निर्माण गर्न सकिने उल्लेख गर्नुभयो।
 
‘यो सबै राज्यका निकायमा बस्ने उच्च पदस्थ व्यक्तिको कार्यशैलीमा भर पर्छ’, घिसिङले भन्नुभयो, ‘कोशी करिडोरमा प्रस्ताव गरिएको विद्युत निकाल्ने हो भने नेपालीको प्रतिव्यक्ति आय बढेर दक्षिण एसियाका कुनै पनि पनि देशभन्दा धेरै माथि पुग्नेछ।’
 
यो योजना कार्यान्वयन भएमा नेपालमा जल यातायताको सम्भावनाको ढोका खुल्ने र सडक यातायात भन्दा छिटो र सुरक्षित रुपमा जहाज तथा बोटमा जलयात्रा गर्न सकिने दाबी समेत घिसिङले गर्नु भएको छ। अन्तरक्रिया कार्यक्रममा घिसिङले सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी गरेको खुलासा गर्नु भएको छ।
 
लोडसेडिङ हटाएर चर्चामा रहनु भएका घिसिङले साना जलविद्युत आयोजनाको पिक आवरको मागलाई सम्बोधन गर्न पनि यस्ता आयोजना सार्थक हुने बताउनु भएको छ।
 
सप्तकोशी नदीका सहायक सातवटा र बाँकी केही खोलाबाट बनेको सप्तकोशी करिडोरमा २५ हजार मेगावाट विद्युत निस्किन सक्ने देखिएको समते उहाँले बताउनु भएको छ। जापान सहयोग नियोग जाइकाले सन् १९८५ मा नै अध्ययन गरेको यो रिपोर्ट पहिलोपटक सर्वासाधारणका लागि सार्वजनिक गर्दै घिसिङले यस्तो बताउनु भएको हो ।
 
रामेछाप काठमाडौं पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा जलविद्युतको सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले उक्त रिपोर्ट सार्वजनिक गर्नु भएको हो।
 
हिमाली तथा पहाडी क्षेत्रमा रन अफ रिभर र स्टोरेज योजना तथा समथर भूभागमा जलासययुक्त आयोजनाहरु निर्माण गरेर यो क्षेत्रमा २५ हजार मेगावाट विद्युत निकाल्न सम्भव रहेको जाइकाको रिपोर्टमा उल्लेख छ। तर, घिसिङले रिपोर्ट धेरै बर्ष पुरानो भएका कारण पुन अध्ययन हुने हो भने अझै धेरै सम्भावना रहेको बताउनु भएको छ।
 
‘जाइकाले गरेको इनिसियल फेजको अनुसन्धान हो’, घिसिङले भन्नुभयो, ‘धेरै अगाडि सर्वेक्षण भएका कारण अझै विस्तृत अध्ययन गर्ने हो भने केही हजार मेगावाट थप हुनसक्छ।’
 
कुलामनले प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि यही योजना अनुसार आयोजना बनाउने प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वलाई जानकारी गराउनु भएको छ । यही योजना मुताविक सुनकोशी दोस्रो र तेस्रोको प्रि फिजिविलिटीको काम अगाडि बढिसकेको उहाँको भनाइ छ।
अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago