भर्खरै

चालु आर्थिक वर्ष भित्रै सोलु र तल्लो सोलु आयोजनाबाट विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Wed-11-Sep-2019
  • - Admin
title
 
 
सोलुखुम्बु, भदौ । सोलुखुम्बु जिल्लामा निर्माणाधीन २३.५ मेघावाटको सोलु जलविद्युत आयोजना र ८२ मेघावाटको तल्लो सोलु जलविद्युत आयोजनाले चालु आर्थिक वर्ष भित्रै विद्युत उत्पादन थाल्ने भएको छ । सोलु करिडोर अन्तर्गतका यी दुई वटा आयोजनाले चालु आर्थिक वर्ष भित्रै विद्युत उत्पादन थाल्ने भएका हुन् । 
सोलु जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत शसीसागर राजभण्डारीले सोलु आयोजनबाट यहि  दसैंसम्ममा विद्युत उत्पादन गर्ने तयारी गरिरहेकोे बताए । उनका अनुसार आयोजनाको सम्पूर्ण काम सम्पन्न भइसकेकाले दसैंसम्ममा विद्युत उत्पादन सुरू हुनेछ । 
आयोजना निर्माणका लागि हालसम्म चार अर्ब खर्च भइसकेको छ । अझै ५० करोड हाराहारीमा थप खर्च हुने अनुमान आयोजनाले गरेको राजभण्डारीले बताए । आयोजना निर्माणका लागि प्रवद्र्धकले ९० करोड रुपैयाँ चुक्ता गरिसकेको र  बैंकबाट दुई अर्ब ९१ करोड रुपैया ऋण लिइएका उनले बताए ।  हाल इलेक्ट्रोमेकानिकलको काम भइरहेको  र  केही दिनभित्रै काम सम्पन्न हुने भएकाले इलेक्ट्रोमेकानिकलको काम सम्पन्न भएलगत्तै विद्युत उत्पादन सुरू उनले जानकारी दिए । 
 
यस्तै ८२ मेघावाटको तल्लो सोलु जलविद्युत आयोजनाले पनि चालु आवभित्रै विद्युत उत्पादन थाल्ने जनाएको छ । सन् २०१६ मा निर्माण थालिएको आयोजना डिसेम्बर २०१९ सम्ममा काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको आयोजनाका विजय कार्कीले जानकारी दिए । सोलुखुम्बुको तिङ्ला र दूधकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाले प्रदेश १ मा आवश्यक विद्युत्को माग धान्न मद्दत गर्ने उनले बताए । उक्त जलिविद्युत आयोजना निर्माण गर्न १६ अर्ब रुपैया लगात लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ । जलविद्युत आयोजना निर्माणका लागि एकद्वार प्रणालीबाट सेवा उपलब्ध भए आयोजना समयमै सम्पन्न गर्न मद्दत पुग्ने कार्कीको धारणा छ ।
सोलु क्षेत्रमा जलविद्युत आयोजना  निर्माण सम्पन्न हुने चरणमा पुगे पनि  प्रसारणलाइन निर्माण नहुँदा समस्या निम्तिन सक्ने विद्युत आयोजनाका प्रवद्र्धकको गुनासो रहेको छ । सोलु करिडोर प्रसारणलाइन निर्माणमा ढिलाइ हुँदा विद्युत खेर जाने अवस्था रहेको आयोजनाका कार्कीले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago