भर्खरै

दाङमा १ वर्ष भित्रै फोहोरबाट ग्यास उत्पादन हुने

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

दाङ, भदौ । दाङको घोराही उपमहानगरपालिकामा फोहोरबाट १ वर्ष भत्रै ग्यास उत्पादन गर्ने भएको छ । विश्व बैंक, वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीच त्रिपक्ष सहकार्यद्धारा फोहोरबाट ग्यास उत्पादन गर्ने भएको हो । 
 
 
फोहोरबाट ग्यास उत्पादनका लागि २०७५ मंसिर ५ गते  त्रिपक्षीय सम्झौता भएको थियो । ग्यास उत्पादन गर्नका लागि करिब २० करोड लगानी लाग्ने बताइएको छ भने उक्त ग्यास प्लान्ट २ हजार घन मिटरको रहने छ । जसबाट ग्यास सिलिण्डरमा भरेर बजारमा पठाउने बताइएको छ । 
नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठका अनुसार ग्यास उत्पादनका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भइरहेका बताए । अबको ६ महिनामा भौतिक निर्माणकार्य सकिने उनले जानकारी दिए ।
 
६ महिनाभित्रमा ग्यास उत्पादन गर्ने गरी काम अगाडि बढाइएको उनको भनाई छ । मंसिर ५ गते सम्झौता भए पनि विभिन्न प्राविधिक कारणले केही ढिला भएको उनले बताए । सम्झौता भएर सहज तरिकाले काम गर्न पाएको भए धेरै काम अगाडि बढिसक्ने  उनको भनाई थियो । त्यस्तै काम गर्ने क्रममा स्थानीय बासिन्दाले स्वास्थ्यमा असर  पर्ने भन्दै  समस्या उत्पन्न गरेका र काम गर्न  केहि विलम्ब भएको उनले बताए । ग्यास उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको छ, घोराही उपमहानगरपालिकाले ल्यान्फिल्ड साइटमा रहेको साढे २ बिघा जग्गा उपलब्ध गराएको हो । कम्पनी र नगरपालिकबीच २० वर्षको सम्झौता भएको छ । २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उप महानगरपालिकालाई हस्तान्तरण गर्ने म्यानेजर श्रेष्ठले बताए । प्लान्ट निर्माण पछि ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गर्न सकिने छ । 

प्रतिक्रिया